नयाँ नेतृत्वका लागि टानको चुनाव १५ असोजमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७२, शुक्रबार १३:१६

काठमाडौं । टेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) भित्रको विवाद चरम उत्कर्समा पुगेपछि ३१ भाद्रमा बसेको केन्द्रीय कार्य समितिले १५ असोजमा दुई वर्षे कार्य कालका लागि चुनाव गर्ने निर्णय गरेको छ ।
वर्तमान कार्य समितिले व्यापक रुपमा भ्रष्टाचार गरेको, गत वर्षको लेखा परीक्षणमा बेरुजु हुँदा हुँदै पनि नाटकीय ढंगबाट साधारण सभामा हिसाव फस्र्यौट गरेको र संघको खातामा सून्य अवस्था हुने गरी खर्च गरेको आदि जस्ता आरोप खेप्नु परेको कार्य समितिका एक पदाधिकारीले बताएका छन् ।

पदयात्रा व्यवसायीको छाता संगठनका रुपमा स्थापित टानको ३७ औं केन्द्रीय वार्षिक साधारण सभासँगै नयां नेतृत्व चयनको लागि निर्वाचन मिति तय गरिएको हो ।

टान सचिवालयका अनुसार होटल हायात रेजेन्सी, बौद्धमा बिहान ८ बजेबाट साधारण सभा तथा निर्वाचन सुरु गरिने कार्य तालिका तयार पारिएको छ ।

वर्तमान कार्य समितिको विरुद्ध केही व्यवसायीहरुले पत्रकार सम्मेलन कार्यक्रम गरी संघको वर्तमान  अवस्था सम्बन्धमा जानकारी गराएको थियो ।
संघ भित्र आर्थिक अवस्था कमजोर भएका बेला नेतृत्व लिनु भनेको घाँटीमा काँडा अड्किनु जस्तै होभन्ने व्यवसायीहरुको विचार सार्वजनिक भएका बेला चुनावमा भने कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१