हरितालिका तीज आजदेखि समापन गरिदैं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७२, शुक्रबार १०:२०

12003157_1035928279764947_2419717399055758784_nकाठमाडौँ ,१ असोज । आज भाद्र शुक्ल पञ्चमी अर्थात् हरितालिका तीजको अन्तिम दिन । हिन्दु महिलाले नुहाइ धुबाइ गरेर चोखो वस्त्र लगाई पूजापाठ गरी शुक्रबार(आज) तीज ब्रत समापन गर्दैछन् ।
यस पर्वका दिन व्रतालु महिला बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर वर्ष दिनको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरि चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् ।
अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ ।
रजस्वला भइसकेका नारीहरुले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएको अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको हो ।

प्रतिक्रिया