संविधानको खुशियालीमा दिपावली गर्नेलाई जिउदै जलाउने तथा संविधान जलाउने सभाषद आलमको चेतावनी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७२, शुक्रबार ०९:२४

3 (1)प्रविण टिबडेवाल/रौतहट, १ असोज  ।
मधेशी जनअधिकार फोरम लोक्तान्त्रिकका केन्द्रिय सदस्य एवम सभाषद मुस्ताक आलमले बन्दुकको भरमा निमार्ण भई रहेको संविधानको खुशियालीमा अगामी ३ गते दिपावली गर्नेलाई जिउदैं जलाउने ठाडो चेतावनी दिईएका छन् ।
विहिवार अबेर साझ गृह जिल्ला रौतहटको मठिआ महुलियामा आयोजित स्वर्गीय राजकिशोर ठाकुरको श्रदाञ्जली सभामा प्रमुख अतिथिको रुपमा बोल्दैं उनले चार दर्जन बढि मधेशीको हत्या गरेका सरकारले बल पूर्वक निमार्ण गर्न लागेको संविधानको अवसरमा खुशियाली मनाउनेहरुलाई जिउदैं जलाएर मार्ने चेतावनी दिएका हुन् । देशको पचास प्रतिशतको हाराहारीमा रहेका मधेशी जनताको सपुत छोराहरुलाई निर्मम हत्या गरेर मधेशीको लाशमाथि ठडयाउन लागेको संविधानलाई मधेश र मधेशीलाई कुनै हालतमा मान्य नहुने सभाषद आलमले बताएका छन् ।
उनले प्रद्यानमन्त्री शुशिल कोईराला र तिन दलको प्रस्तावित अगामी प्रद्यानमन्त्री के.पी.शर्मा ओलीलाई ईगित गर्दै ई निपुत्रेहरुको अगुवाईमा निमार्णमा हुन लागेको संविधानको आयु मात्र ३ महिना रहेको दावी गरेका छन् ।
सिमांकन, समानुपातिक समावेशी, अन्तरिम संविधान अनुसार निर्वाचन क्षेत्र कायम र स्थानिय भाषाले मान्यता पर्ने मांग संविधानमा समावेश नभए सम्म मधेश आन्दोलन जारी रहने उनले जनाएका छन् । मधेशको जायज मांग विपरित पार्टी अध्यक्ष बिजय कुमार गच्छदारले सरकारसंग सहमति गरेमा आफुले पार्टीको कुनै व्हीप नमाने उदघोष गरेका छन् ।
जारी मधेश आन्दोलनको क्रममा गत ८ गते प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका आफ्ना पार्टि कार्यकर्ता २० वर्षिया राजकिशोर ठाकुरको सम्झनामा मठिआ स्थित उनकै नामले प्रवेशद्धार निर्माण गर्ने सभाषद आलमले प्रतिब्दता जनाएका छन् ।
स्वर्गिय ठाकुरको पिता महेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा जिल्लाका हजारौ मानिसको सहभागिता रहेको थियो । 1

प्रतिक्रिया