अहिले मुलुकभर गर्मी बढिरहेको छ । गर्मी बढेसँगै मानिसमा विभिन्न किसिमका रोग लाग्ने गर्छ । गर्मी महिनामा मानिसको शरीरमा पानीको मात्रा कमी, लू लाग्ने, चक्कर आउने, डर लाग्ने, बान्ता हुने, शरीरमा बिबिरा आउने जस्ता गर्मीजन्य रोग लाग्ने गरेको छ । यसर्थ गर्मी र गर्मीजन्य रोगबाट बच्न यी ५ उपाय अवलम्बन गर्नुहोस् । १। पानी तथा झोलयुक्त पदार्थको सेवन धेरै गर्नुहोस् । कम्तीमा दैनिक २ देखि ३ लिटर पानी पिउनुस् । २।बासी भोजन नगर्नुहोस्, खानामा प्याजको सेवन गर्नु फाइदाजनक हुन्छ । ३। घरभित्र बस्दा तथा बाहिर निक्लिँदा हल्का तथा सुतीका कपडा लगाउनुस् । ४। समय–समयमा सफा रुमालले अनुहार पुछिरहने । ५। घामबाट जोगिन बाहिर निस्कँदा छाताको प्रयोग पनि गर्न सकिन्छ ।
प्रतिक्रिया