बम आक्रमणमा १४ को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७२, शुक्रबार ०६:४७

bagdadबग्दाद। इराकको राजधानी बग्दादमा बिहीबार भएको बम विस्फोटहरुमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको समाचार छ । सो विस्फोटनमा अन्य ५५ जना घाइते भएका चिकित्सक र सुरक्षा स्रोतले जानकारी दिएको छ । सो विस्फोटनहरु मध्य बग्दादको वाथबा स्क्वायर र तएरान स्क्वायरनजिकै भएको जनाइएको  छ । यस आक्रमणहरुको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन । तर गत बर्षको जुनदेखि इराकमा भएका कयौ आक्रमणहरुमा इस्लामिक स्टेट ९आइएस० आतङ्ककारी समूहको हात रहेको छ । अमेरिकासँग आवद्ध संयुक्त सेना र इरानको पनि सहयोगमा इराकी सुरक्षा बलले  आएएसविरुद्ध जारी राखेको कारबाहीमा उत्तरी बग्दादका कयौं भागहरु सरकारले आइएसको नियन्त्रणबाट पुनः कब्जा लिएको छ । तर पश्चिम इराकको कयौ भाग अझै पनि सरकारी नियन्त्रणदेखि बाहिर आइएसको नियन्त्रणमा रहेको छ  । रासस ÷एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१