यस्तो आयो हावाबाट चल्ने मोटरसाइकलः इन्धन नै नचाहिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७२, शुक्रबार ०६:४१

bike-wind1एजेन्सी । तपाईलाई इन्धनको मुल्यवृदीले हैरान बनाएको छ । अब हैरान नहुनोस् –अष्ट्रेलियाको मेलबर्न युनिभर्सिटीका एक विद्यार्थीले हावा तथा सौर्यका प्रकाशबाट चल्ने मोटरसाइकलको आविस्कार गरेका छन् । एजेन्सीको अनुसार मेलबर्न युनिभर्सिटीका इन्डस्र्टियल डिजाइनका विद्यार्थी एलिस्टिएर माइकलेसले यस्तो मोटरसाइकल बनाएका हुन् । उनले बनाएको मोटरसाइकल हावा तथा सौर्यका किरणहरुबाट चार्ज हुन्छ । एलिस्टिएरले हावाबाट चल्ने बाइक डिजाइन गर्न ८ हप्ता लागेका थियो । उक्त बाइकलाई सडकमा डुड्ने बनाउनका लागि अतिरित्त ६ हप्ता लागेको बताइएको छ । ७ हजार अष्ट्रेलियन डलरको लागतमा बनाइएको उक्त बाइक १५ मिनेटको समयमा ८० किलोमिटर प्रतिघण्टको गतिमा दौडन सक्छ । तर यो मोटरसाइकल सम्पूर्ण रुपमा भने तयार भइसकेको छैन । एलिस्टिएरले बताए अनुसार सम्पुर्ण रुपमा सडकमा दौडने बनाउन या व्यावसायिक रुपमा  प्रयोगमा ल्याउन भने केही समय लाग्छ । उनले यसलाई पुरा गर्नासाथ एकपटक हावाबाट चार्ज गरेको मोटरसाइकलले ५ सय किलोमिटर दौडन सक्छ । इन्धन या इलेक्ट्रिक केहीपनि नचाहिने यस्तो मोटरसाइकल व्यावसायिक रुपमै प्रयोगमा आयो भने विश्वचासोको विषय रहेको इन्धनको समस्यामा ठुलो राहत हुनेछ । bike-wind

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१