हास्ने थेरापीका ७ फाइदा, कसरी हास्ने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७२, शुक्रबार ०६:२५

smiling-therapyहास्नुले मानिसको स्वभावलाई मात्र नभई मानिसको सकारात्मक व्यवहार पनि दर्शाउँछ । चिकित्सकहरूका अनुसार हास्नाले अनुहार र शरिरको धेरै भन्दा धेरै तन्तु एक्टिभ हुन्छन्, जसले मानिसलाई स्वस्थ राख्नका लागि मद्धत गर्छ । व्यस्त जीवनशैली र तनावका कारण मानिसले कसैलाई भेट्ने, साथीहरूलाइ भेटेर पुरानो दिनहरूको सम्झना गर्दै हास्ने फूर्सद नै हुँदैन । यी सबैका कारण मानिसले योग गरिरहेका छन् र यसका लागि समय निकालिरहेका छन् । स्वस्थ बनिरहनका लागि पार्कमा मानिस लाफिङ्ग थेरापीको प्रयोग गरिरहेका छन् । तर, मानिसहरू यस कुराले अन्जान छन् की घरका आफन्त, बच्चाहरू र साथीहरूसँग भेटेर र कुराकानी गरेर पनि खुसी र स्वस्थ रहन सकिन्छ ।
तनाव कम गर्न स् हास्नाले शरिरमा एण्डोर्फिन्स नामको केमिकल निर्माण हुन्छ, जसले तनाव र चिन्तालाई कम गर्न मद्धत गर्छ । यो केमिकल व्यायाम तथा दौडँदा पनि निस्कने गर्छ । हास्नाले अनुहारको पनि राम्रो व्यायाम हुन्छ । यसले मष्तिष्कलाई एक्टिभ राख्छ । यस्तै, फोक्सो, तन्तुलाई स्वस्थ राख्न, रगतको कमी हुन नदिन, सकारात्मक सोच, भावनाका लागि हास्नु फाइदाजनक हुन्छ ।
इम्युन सिस्टमका लागि स् हास्नाले इम्युन सिस्टम पनि तन्दुरूस्त रहन्छ । हास्नाले धेरैमात्रामा व्हाइट ब्लड सेल्स बन्ने गर्छ जसले अनेकन बिमारीबाट बचाउन मद्धत गर्छ । अनुसन्धानले पनि खुलेर हास्नेहरूलाई बिमारीले हतपत छुँदैन ।
फोक्सो र मांशपेशीका लागि फाइदाजनक स् हास्नाले शरिरमा पर्याप्त मात्रामा अक्सिजन पुग्छ । यसले फोक्सो र मांशपेशी र कोषिकाहरूले सहज रूपमा काम गर्न सक्छन् ।
सकारात्मक व्यवहार स् कामका लागि अन्तरवार्तामा जाँदा होस् या विवाहका लागि कसैलाई हेर्न जाँदा होस्, हास्नु र मुस्कुराउनु आवश्यक हुन्छ । किनकी यसले तपाईको पोजेटिभ एटिच्युड र कन्फिडेन्टलाई दर्शाउँछ । साथै हास्नाले सम्बन्धमा मिठास भरिन्छ ।
रगतको कमीबाट जोगिन स् कमै मानिसलाई यो कुरा थाहा होला की हास्नाले व्हाइट ब्लड सेल्स र अक्सिजन धेरै मात्रामा शरिरमा पुग्छ । यसले हेमोग्लोबिन बढाँउन मद्धत गर्छ र रगतको कमीलाई कम गर्छ ।
आफ्नो भावना व्यकत गर्न स् खुलेर हास्नाले मनमा लुकेर रहेको भावना प्रष्फुटित हुने गर्छ । हास्दै काम गर्नाले गाह्रो भन्दा गाह्रो काम सहजै गर्न सकिन्छ । जीवनलाई अलग तरिकाले र खुसी भएर जिउने माध्यम बन्न सक्छ हासोँ ।
अरूलाई स्वस्थ बनाउन स् यो साच्चै नै अनौठो छ । हाँसेर आफूलाई स्वस्थ बनाउने कुरा त ठिक हो तर यसले अरूलाई पनि स्वस्थ राख्न मद्धत गर्छ । कुनै एक व्यक्ति हाँसेर देखेर अर्को व्यक्ति हास्ने गर्छ । यसले उक्त व्यक्तिको पनि मांशपेशी, मष्तिष्क र फोक्सोको व्यायाम हुन्छ र उसलाई स्वस्थ बनाउन मद्धत गर्छ ।
हास्नका लागि केही सहज उपाय
लाफिङ्ग थेरापी स् आजकलको भागदौडको समयमा व्यायाम गर्ने समय नपाए घरमा या पार्कमा गएर मज्जाले हास्ने कोशिस गर्नु राम्रो हुन्छ । यो निकै फाइदाजनक हुन्छ ।
कमेडी शो, चलचित्र, नाटक हेर्ने स् हास्नका लागि यो सबैभन्दा राम्रो तरिका हुन सक्छ । सातामा एक दिन टाइम निकालेर कुनै कमेडी फिल्म हेर्ने या नाटक हेर्ने गर्नुपर्छ । यदी यो सम्भव छैन् भने दैनिक रूपमा टेलिभिजनमा आउने कमेडी शो हेर्नु फाइदाजनक हुन्छ । यसले मानिसलाई हास्नका लागि मद्धत गर्छ ।
कितान, जोक्स पढ्ने स् कुनै रमाईलो किताब पढ्ने र बच्चाहरूको कमिक्स पढ्नाले पनि हास्नलाई मद्धत गर्छ । कार्टुनका सिरियल हेर्नाले पनि हास्न मद्धत गर्छ ।
परिवार, साथीलाई भेट्ने स् पुराना र मन परेका कुराहरुलाई याद गर्नाले पनि केही तनाव कम गर्न सकिन्छ । पुरानो सम्झनालाई ताजा बनाउँदै परिवार र साथीसँग भेट्दा पनि मजाले हास्ने बहाना भेट्न सकिन्छ । भेटका क्रममा पुराना र रमाईला कुराहरू आउन सक्छन् जसले मानिसलाई खुलेर हास्ने मौका दिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१