पर्यटन प्रवद्र्धनमा राजदूतको भाषण बाधक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ भाद्र २०७२, बिहीबार १३:३२

IMG_4697दिवस पोख्रेल ।
एसियाको महत्वपूर्ण मेला मध्येको एक ‘माट्टा मेला’ मलेलियाको राजधानी कुलालम्पुरमा सम्पन्न भएको छ । मेलामा नेपाल, थाइल्याण्ड, इटाली, मेक्सिको, चीन, इण्डोनेसिया, फिलिपिन्स, मलेसिया, म्यान्मार, श्रीलंका, इटाली, सिगापुर लगायतका राष्ट्रबाट पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
नेपालका तर्फबाट नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, अंकुर ट्राभल, वेल नेपाल, हिमालयन पानोरमा, एक्सिस् होलिडे, पार्क ल्याण्ड होटल(चितवन), वेस्ट उड होटल(चितवन), नेपाल इन्भाइरोमेण्ट टे«क, आइ टुर, विसिएन ट्राभल, शशी होलिडेज्, माउण्टेन लिडर, ल्फाइट कनेक्सन, ग्रिन पार्क(चितवन), यूनिक वाइडलाइफ (चितवन), माइट्रीप टु नेपालले सहभागिता जनाएका थिए ।
सेप्टेम्बर ४ देखि ६ सम्म संचालन भएको माट्टा मेलामा नेपाली पर्यटन व्यवसायीहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिएभने अपेक्षा गरिए अनुसार प्रतिफल आउन नसकेपछि उनीहरुको उत्साह निरासामा परिणत भएको छ । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को सक्रियता तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा मेलामा भाग लिएका नेपाली पर्यटन व्यवसायीहरुले नेपालका तर्फबाट ठोस गृहकार्य गर्न नसकेको गुनासो व्यक्त गरेका छन् ।
नेपालको पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायीहरुले विशेष प्याकेज विक्रि गर्ने कोशिस गर्दा गर्दै पनि स्टल राखिएको स्थान ज्यादै कुना र नदेखिने स्थानमा भएका कारण उपलब्धिहिन भएको विश्लेषण गर्न सकिन्थ्यो । नेपाल भ्रमणका लागि प्याकेज खरीद–विक्रीका लागि उपयुक्त स्थानका रुपमा विकास गर्न सकिने अवसरलाई दूरदर्शी नीतिको अभावका कारण नेपाली स्टलमा सोचे बमोजिमको आगन्तुकहरुको उपस्थिति नहुँदा निराश बनेका नेपाली पर्यटन व्यवसायीहरुले अन्य देशको स्टलमा गएर नेपाल प्रवद्र्धन गर्न छलफलका लागि समय माग्नु पर्ने अवस्था आएको बुझिएको छ ।
कुलालम्पुरमा बसोवास गर्ने मानिसहरु ‘माट्टा मेला’ लाई प्रतिक्षा गरेर बसेका हुन्छन् भन्ने जानकारी पाउँदा नेपाली पर्यटन व्यवसायीहरु समेत आश्चर्यमा परेका थिए । ‘माट्टा मेला’ कहिले हुन्छ र सहुलियतमा भ्रमणको प्याकेज किन्न पाइन्छ भनी महिनौ दिनदेखि प्रतिक्षा गरेका कुलालम्पुरबासीले विभिन्न गन्तव्यका लागि बुकिङ्ग गरेको देख्दा नेपालको पर्यटन प्रवद्र्धनमा समय सापेक्ष परिवर्तन गर्नुपर्ने होकि भन्ने विचारमा व्यवसायीहरुले मन्थन गरेको पाइयो ।  माट्टा मेलामा विभिन्न देशका टुर अपरेटरहरुले सामूहिक पर्यटन प्रवद्र्धन गर्ने अभिप्राय राखी प्याकेजमा भारी छूट दिएर विक्रि गर्ने भएकाले पनि मेलाको महत्व बढेको पाइएको थियो । IMG_4690
मेलामा हवाई टिकट, होटलमा बास, भ्रमणका लागि मूल्य आदि जस्ता विषयहरुमा विशेष छूटको व्यवस्था भएको देख्दा नेपाली पर्यटन व्यवसायीहरुले व्यवसायिक सुधार गर्नुपर्र्नेे देखिन्छ । नेपालबाट पर्यटन प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डले खेल्नु पर्ने भूमिका साच्चिकै फितलो भएको महशुस गर्न सकिने ज्वलन्त उदाहरण माट्टा मेलालाई लिन सकिन्छ । नेपाल पर्यटन बोर्डले सेप्टेम्बर ३ का दिन राती कुलालम्पुरमा आयोजना गरेको ‘नेपाल नाइट’ कार्यक्रम अवलोकन गर्दा गर्भ गर्ने ठाउँ कही कतै देखिंदैन थियो ।
‘नेपाल नाइट’मा आगन्तुकहरुको उपस्थिति ज्यादै न्यून भएको देख्दा नेपालबाट जाने पर्यटन व्यवसायीहरुले मन भित्रको असन्तोषलाई बाहिर पोख्न सकेनन् । कार्यक्रममा स्थानीय पर्यटन व्यवसायीहरुको ज्यादै न्यून उपस्थिति र मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान बस्नेतको भाषण सुन्दा नेपाली व्यवसायीहरु कान थुन्ने अवस्थामा देखिन्थे । उनले नेपालको पर्यटन प्रवद्र्धनमा विचार प्रस्तुत गर्नु भन्दा पनि चीनको तिव्वतलाई बढी प्रसंशा गरेका थिए । नेपालको पर्यटनलाई कसरी प्रवद्र्धन गर्ने भन्ने सोचमा परेका नेपाली पर्यटन व्यवसायीहरुलाई उनको भाषणले हतोत्साहित बनाएको महशूस गर्न सकिन्थ्यो । किनकी, त्यस कार्यक्रममा आएका मलेसियाका पर्यटन व्यवसायी नेपालको सुदूर पश्चिमबाट कैलाश मानशरोवर यात्राको भ्रमण सजिलो कि भारततर्फबाट जाँदा राम्रो भन्ने प्रश्न गरिरेहका थिए । उनीहरु नेपालको भ्रमणमा चासो व्यक्त गर्नुभन्दा पनि चीनको तिव्वत भ्रमणलाई प्रमुख प्राथमिकतामा राखेको पाइन्थ्यो । नेपालबाट मलेसिया कार्यक्रममा गएका पर्यटन व्यवसायीले राजदूतको भाषण नेपालको पर्यटन प्रवद्र्धनका लागि प्रचारक भन्दा पनि बाधक भएको प्रतिकृया दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१