बेलायती मोडल एवं बलिउड अभिनेत्री हेजेल किच काठमाडौं आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ भाद्र २०७२, बिहीबार १३:०२

Hazelकाठमाडौं । बेलायती मोडल एवं बलिउड अभिनेत्री हेजेल किच काठमाडौं आउने भएकी छिन् । आगामी ९ असोजमा काठमाडौमा हुने ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल २०१५’ मा बिशेष अतिथिको रुपमा उनी काठमाडौ आउने भएकी हुन् ।

हलिउडको हृयारी पोर्टर श्रृङ्खलामा अभिनय गरेकी हेजेलले बलिउडमा सलमान अभिनित ‘बडिगार्ड’ सहित म्याक्सिमम्, तेलगु फिल्म कृष्णममा काम गरेकी छिन् । अन्य केही फिल्ममा समेत अभिनय गरेकी छिन् उनले ।

फिल्म म्याक्सिमम्को आ अन्टे अमलापुरम्‘को आईटम डान्सबाट चर्चा कमाएकी यी नायिकाले यस पटक मोडल क्वेष्टमा क्वाटवाक गर्नेछिन् ।

झलक दिखला जा(६, बिगबोस(७, कमेडी सर्कस(२०१३ सहित विभिन्न कार्यक्रममा सहभागी भएकी हेजेल बेलायतको प्रतिष्ठित मोडलमाको रुपमा चिनिन्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१