अफलाइनमा जीमेल पढ्न ब्याकअप गर्ने तरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ भाद्र २०७२, बिहीबार ०९:५४

gmail-toolयदि तपाई जीमेल (Gmail) मा आफ्नो मेल दैनिक चेक गर्नुहुन्छ र आफ्नो मेल आफ्नै ल्यापटप वा डेस्कटपमा ब्याकअप बनाउन चाहनुहुन्छ भने यो अब संभव भएको छ । यो सुविधा लिन अब तपाईँले कुनैपनि किसिमको ब्याकअप सफ्टवेयर खोज्नुपर्ने आवश्यकता छैन किनकी जीमेलले नै यो सुविधा दिएको छ ।

यो सुविधाका लागि तपाईँले निम्न चरणहरुमा ध्यान दिनुपर्ने हुन्छ:

१. सबैभन्दा पहिले तपाईँको आफ्नो जीमेल एकाउन्ट साइन इन गर्नुपर्ने हुन्छ ।

२. दाहिनेतर्फ माथिल्लो कुनामा यूजर नेम देखिन्छ जहाँ क्लिक गर्नुहोस्, क्लिक गर्ने वित्तिकै बायाँपट्टि एकाउन्ट लेखिएको हुन्छ त्यसमा क्लिक गर्नुहोस् ।

३. एकाउन्टमा क्लिक गर्ने वित्तिकै एक नयाँ ट्याबमा पेज खुल्दछ ।

४. यो पेजको सबैभन्दा माथि सेक्यूरिटी चेकअप लेखिएको हुन्छ । यो पेजमा आफ्नो एकाउन्टको सबै जानकारी हुन्छ ।

gmail-tool

५. यो पेजलाई स्क्रोल गर्नुहोस् तल तपाईँलाई एकाउन्ट टूलको अप्शन मिल्नेछ, यो एकाउन्ट टूलमा नै डाउनलोड डेटाको अप्शन हुन्छ जसमा क्लिक गर्नुहोस् ।

६. यसमा क्लिक गर्ने वित्तिकै तपाईँको जतिपनि गूगल साइटमा डेटा छ सबैको ब्याकअप अप्शन आउनेछ तर जीमेल ब्याकअप बनाउनेको लागि तपाईँले सबैभन्दा माथि लेखिएको सेलेक्ट ननमा (Select None) क्लिक गर्नुपर्ने हुन्छ ।

13

७. यसपछि जीमेलको अगाडि बक्समा क्लिक गर्नुहोस र तल नेक्स्ट (Next) मा जानुहोस् ।

८. नेक्स्टमा क्लिक गर्ने वित्तिकै तपाईँको पुरा डाटा जीप (Zip) फर्म्याटमा डाउनलोड हुनेछ ।

यो जीप (Zip) फाइललाई पहिले अनजीप (Unzip) गर्नुहोस । यस्तो गर्ने वित्तिकै यसमा एक मेल फोल्ड देखिनेछ  जसमा डटएमबस्स एक्टेंशनको फाइल हुन्छ । तर यो फाइल तपाईँको कम्प्यूटरमा त्यतिबेला मात्र खुल्दछ जब यसमा तपाईँले मोजिल्लाको थंडरबर्ड सफ्टवेयर डाउनलोड गर्नुहुन्छ । यो डाउनलोड गर्नको लागि यो लिंक mozilla.org/thunderbird को प्रयोग गर्नुपर्नेछ ।

यसपछि तपाईँ अफलाईन भएपनि आफ्नो मेल मज्जाले पढन सक्नुहुनेछ । (मोबाइलखबर)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१