पुरुष र महिलामा यस्तो हुन्छ यौनिक स्वभाव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ भाद्र २०७२, बिहीबार ०९:४६

document_45622sex lifeएजेन्सी लन्डन । यौन सम्बन्धका बारेमा धेरै भ्रान्तिहरु सुन्न पाइन्छ । वैज्ञानिकहरु सुखद दाम्पत्य जीवनको बलियो आधारमा रुपमा यौन सम्बन्धलाई लिन्छन् । जसले गर्दा उनीहरु यौन सम्बन्धका बारेमा अनेकौं अनुसन्धान गरिरहेका हुन्छन् ।

यसैक्रममा वैज्ञानिकहरुले लामो अनुसन्धानपछि यौन सम्बन्धका बारेमा केही तथ्य प्रकाशमा ल्याएका छन् । जसअनुसार एकभन्दा बढी महिलासँग यौनसम्बन्ध कायम राख्ने पुरुष जहिले पनि यौन सम्बन्धमा असन्तुष्ट रहने गरेको तथ्य प्रकाशमा आएको छ ।
त्यसैगरी महिलाहरु ‘पिरियड्स’ का समय वा त्यसको ठिक अघि यौन सम्बन्धको बढी आनन्द लिन्छन् । कलेज पढ्ने उमेरमा युवाहरु यौन सम्बन्धमा लिप्त रहने हो भने उनीहरुमा चाँडै नै डिप्रेशनको समस्या देखा पर्न थाल्छ । जबकी कलेज पढ्ने उमेरमा यौन सम्बन्ध नबनाएका युवामा त्यस्तो समस्या निकै कम पाइन्छ ।
रातो रङ प्रयोग गर्ने महिलाले पुरुषलाई चाँडै आकर्षित गर्न सक्ने पनि अध्ययनले देखाएको छ । जो महिला अर्काको भावना र आवश्यकतालाई महसुस गर्न सक्छिन्, उनी यौन सम्बन्धका लागि कुशल पार्टनर बन्न सक्ने पनि अध्ययनले देखाएको छ ।
सातामा दुई वा तीन पटकसम्म यौन सम्पर्क बनाउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्ने तथ्यलाई वैज्ञानिकहरुले स्वीकार गरिसकेका छन् । यौन सम्बन्धमा रुची बढाउनका लागि विभिन्न प्रकारका व्यायाम उपयोगी हुने वैज्ञानिकहरुको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१