वर्ल्डलिंकले गर्यो प्रथम साफ यू–१९ च्याम्पियनसिप खेलाडीहरुलाई सम्मान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ भाद्र २०७२, बिहीबार ०९:३८

काठमाडौँ । उन्नाइस वर्षमुनिको साफ च्यापियनसिप फुटबलको उपाधि जित्ने नेपाली टोलीलाई वर्ल्डलिंक कम्युनिकेसनले सम्मान गरेको छ । वर्ल्डलिंक कम्युनिकेसनले एक कार्यक्रम गरि विजेता  खेलाडीहरुलाई निःशुल्क इन्टरनेट सुबिधा उपलब्ध गराएर सम्मान गरेको हो ।

 

कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसनका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल तथा विजयकुमार जालानले सम्पूर्ण खेलाडीलाई बधाई तथा धन्यवाद  दिँदै आगामी सफलताका लागि शुभकामना दिनुभयो ।

त्यसै गरी सो कार्यक्रममा एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधर तथा प्रमुख प्रशिक्षक बाल गोपाल महर्जनले आफ्नो मन्तव्य मार्फत वल्र्डलिंक कम्युनिकेशन्स्लाई सम्मानको लागि हार्दिक धन्यवाद दिएका थिए ।

world link

वर्ल्डलिंक कम्युनिकेसन्सले बिहीबारै विजयी टोलीलाई उच्च गतिको इन्टरनेट सेवा दिई सम्मान गरेको छ।

कार्यक्रममा वर्ल्डलिंकले आफ्नो २० औं वर्ष प्रवेशको अवसरमा जिपन फाइवरको माध्यमबाट उच्च गतिको भरपर्दाे र सस्तो इन्टरनेट सेवा सुरु गरेको जानकारी पनि दिएको छ ।वार्षिक उत्सवकै अवसर पारेर वर्ल्डलिंकले पाटन दरबार स्क्वायरमा पर्यटकको सुविधाका लागि निःशुल्क वाईफाई सेवा समेत सुरु गरेको छ ।

“जहाँसुकै, जहिले पनि हरेक व्यक्तिलाई ईन्टरनेटसंग जोडनु” दूरदृष्टि रहेको यस कम्पनीले हालै स्थापनाको २० औ वर्ष पुरा गरेको छ र सो अवसरमा अत्याधुनिक तथा उच्च प्रविधियुक्त जिपन फाईवरको माध्यमबाट उच्च गतिको भरपर्दाे र सस्तो इन्टरनेट सेवाको प्याकेज बजारमा ल्याएको छ ।

 

यसै गरी जावलाखेल क्षेत्र संरक्षण तथा सुधार समिति र ललितपुर उ. म. पा., ललितपुरको मातहतमा रहेको बाल–बृद्ध पार्क वल्र्डलिंक कम्युनिकेशन्स्ले पुनःनिमार्ण सम्पन्न गरी प्रमुख अतिथि तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं विधायक गगन थापाले उद्घाटन गरेको उक्त बाल–बृद्ध पार्क वल्र्डलिंक कम्युनिकेशन्स्को आर्थिक सहयोग तथा पहलमा निर्माण भएको हुदा कम्पनीका प्रवन्ध निर्देशक दिलिप अग्रवाललाई प्रमुख अतिथि गगन थापा तथा जावलाखेल क्षेत्र संरक्षण तथा सुधार समितिका परिवारका तर्फबाट अरु पनि यस्ता धेरै सामाजिक कार्य गर्न प्रोत्साहन गर्दै धन्यवाद स्वरुप मायाको चिन्हो प्रदान गरी सर्व साधारणका लागि खुल्ला गरिएको थियो।

साथ साथै स्थापना दिवसको अवसर पारेर कम्पनीले विभिन्न सामाजिक कार्यक्रमहरु गरेको छ, यसै सिलसिलामा पाटन दरबार स्क्वायरमा स्थानिय, बाह्य तथा आन्तरिक पर्यटकको सुविधाका लागि उच्च गतिको निःशुल्क वाईफाई इन्टरनेट सेवा प्रदान गरेको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१