काठमाडौँ । गायक महेश क्षेत्रीले दशैँ – तिहारको गीत बजारमा ल्याउने भएका छन् ।”रमाइलो चाड खुशी मनाउ ” बोलको गीतमा दीपक थापाको शब्द शंकर थापाको संगित सुन्न सकीन्छ । गीतको आइतबार भिडीयो छायांकन समेत गरीएको छ । घायल शंकरको निर्देशन रहेको भिडीयोमा रिस्ता बस्नेत र बिकास लामिछानेको अभिनय रहेकोछ । सन्दीप भुजेलले नित्य निर्देशन गरेको यो गीतमा रामेश्वर हुमागाईको छायांकन नबिन पन्तको सह – निर्देशन र नबिन निरौलाको सम्पादन रहनेछ ।रोमान्टिक बेसमा निर्माण गरीएको म्युजीक भिडीयो निकै राम्रो बनेको नित्य निर्देशक सन्दीप भुजेल बताउछन् । कटुन्जेको महदेव स्थानमा छायांकन गरीएको यो गीतका दुई मोडल रिस्ता र विकास पनि गीत राम्रो बनेको बताउछन् ।
यस अघि दीनमा रातमा बोलको गीत बजारमा ल्याएका महेशको यो दोस्रो गीत हो ।यतीबेला अन्य गीतहरुको तयारीमा रहेका महेश यही बर्ष आफ्नो एकल एल्बम बजारमा ल्याउने तयारीमा छन् ।
प्रतिक्रिया