७५ किलोग्राम अवैध चरेस सहित ९ जना पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७२, बुधबार १९:३३

unnamedसम्राट सिंह/ बझाङ ३० भाद्र ।
अवैद्य रुपमा चोरी निकासी गर्दै गरेको अवस्थामा ७५ किलोग्राम चरेस सहित स्थानीय ९ जनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । विषेश स्रोत्तको आधारमा चरेस ढुवानी हुदै गरेको जानकारी प्राप्त भएपछि खटेको प्रहरीको टोलीले चरेस सहित ति ब्यक्तिलाई मटेला गाउँ विकास समिति ८ भाडेबगर बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।
चरेस सहित पक्राउ पर्नेमा दौलिचौर गाविस ९ का ३४ वर्षिया लाल बहादुर बोहरा, दौलिचौर ९ का २८ वर्षिया बिनोद बोहरा, सुर्मा गाविस ८ का ५५ वर्षिया जय बहादुर जेठारा, सुर्मा ३ का २९ वर्षिया लोकेन्द्र बोहरा, सुर्मा ७ का ५५ वर्षिया गजेन्द्र बोहरा, कडेल गाविस ५ का ६० वर्षिया हरि सार्की,कडेल ५ का २१ वर्षिया बिबेक राज उपाध्याय, भामचौर २ का ३४ वर्षिया प्रेम बहादुर बोहरा, कडेल ५ का ३० वर्षिया रामलाल उपाध्याय रहेका छन् ।
लागु औषध ओसार पसार गर्न थालेको जानकारी प्राप्त भएपछि मंगलबार विहान ९ बजे खटेको मटेला प्रहरीचौकी इन्चार्ज चेत बहादुर बुढाऐरको नेतृत्वमा खटि गएको प्रहरी टोलीले भाडेबगर ब्यासी सडकखण्डमा बुधवार राती २ बजे चरेस सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी नायब उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।unnamed (1)
चरेस ढुवानीमा संलग्न कैलाली जिल्ला धनगढी नगर पालिका ३ वडहरा बस्ने रामलाल चौधरीको बा.१० च ५७८८ नम्बरको गाडी सहित चालक फुच्चे चौधरी र धनगढी नगर पालिका ३ का यसोधा क्षेत्रीको से.१ च १०४५ नम्बरको गाडीे सहित चालक चन्द नाथलाई भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चरेसका कारोवारमा संलग्न भामचौर २ का प्रेम बहादुर बोहरासंग रहेको नगद रु १६ हजार दुई सय तिस रुपयाँ समेत प्रहरीले बरामत गरेको छ ।
लागु औषध बरामद पछि जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलनमा चरेस सहित अभियुक्तलाई सार्वजनीक गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार १० केजी चरेस सहित लाल बहादुर बोहरा,१० केजी चरेस सहित बिनोद बोहरा,४ केजी चरेस सहित जय बहादुर जेठारा,८ केजी चरेस सहित लोकेन्द्र बोहरा,९ केजी चरेस सहित गजेन्द्र बोहरा,१५.५ केजी चरेस सहित हरि सार्की,१८.५ केजी चरेस सहित बिबेक उपाध्याय पक्राउ परेका हुन् ।
लागु औषधका अभियुक्तलाई लागु औषध ऐन २०३३ अनुसार कडा कार्वाही गरिने र बरामत गरिएको लागु औषध चरेस अदालतको निर्देशन अनुसार नष्ट गरिने समेत जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

फोटो क्याप्सन ः जिल्ला प्रहरी कार्यालय बझाङले बुधबार पक्राउ गरेको अवैध चरेस तस्बीर सम्राट सिंह बझाङ

प्रतिक्रिया