नव निर्मित संबिधान २०७२ का चुनौती र सम्भावनाहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७२, बुधबार १९:२५

काशी kashiकाशी राम ढुंगाना/ पर्वत ❘   संबिधानसभामा संविधानका धारा माथिको मतदानका क्रममा १७६ धारा पारित हुदै गर्दा रुपन्देही जिल्लाको वेथरीमा ४ जना भाग्यमानीले ले शहादत प्राप्त गरेको समाचार आएको छ ❘ हुन त संबिधान निर्माण जस्तो कठिन कार्यमा २, ४ जनाले ज्यान गुमाउनु हाम्रो जस्तो अराजकता मौलाएको देश र समाजमा आफैमा ठूलो कुरा हुन सक्दैन ❘  समाजमा घट्ने नित्तान्त व्यक्तिगत घटनामा पनि मानिसहरु बन्द र हडतालमा उत्रेर प्रशासनलाई झुकाउने प्रयत्न गर्दछन र ज्यान फाल्ने काम गर्दछन भने यो हालसाल भएको आन्दोलनमा त थोरै भए पनि राजनीतिक गन्ध छ र देशमा संबिधान निर्माणको महत्वपूर्ण पर्व चलिरहेको छ ❘ यस्तोमा घटना घट्नु र केहि तलमाथि हुनु हामी सर्व साधारणको लागि केहि भए पनि  राजनीतिको आरोह अवरोहमा केहि हो जस्तो लाग्दैन ❘ तैपनि घटनामा मृत्यु वरण गर्ने भाग्यमानी मध्ये ४ वर्षको वालक पनि  परेका छन् र उनी किन परे ? भन्ने बिषय भने गम्भीर हो, हुनु पर्ने हो भन्ने हो ❘ कैलालीमा २ वर्षको वालक माथिको आक्रमण र यहाँ ४ वर्षको वालक माथिको आक्रमण स्थान फरक भए पनि घटना उस्तै उस्तै हो ❘ यी र यस्ता घटनाले हाल तराइमा भैरहेको आन्दोलन र आन्दोलनको नियन्त्रण दुवै घातक हुदै गएको कुरा प्रस्ट हुन्छ ❘  यो बिषयलाई उठाउने र ओल्टाई पल्टाई गरेर बिदेशी डलर खाने नागरिक समाज र मानव अधिकारवादीको हाम्रो समाजमा कमि नभएकोले यसको छिनो फानो हुदै गर्ला तर यो संबिधान निर्माणको क्रममा भएको हो र यस्ता घटनाको बीचबाट निस्केको संविधानको फल कस्तो देला भन्ने हो ❘ हाम्रो प्रसांगिक बिषय पनि संबिधान निर्माण नै हो ❘

संबिधानसभा बाट निर्माण हुन गरिरहेको संविधानको मस्यौदा र मतदानको क्रममा संविधानसभाबाट पारित हुदै गएका संविधानका धारालाई हेर्ने हो भने यो संविधानले बोकेका अवशर भन्दा चुनैती धेरै छन् भन्न पंक्तिकार हिच्किचाउदैन र नेपाली समाजका विद्वान र बुद्धिजीवीहरु पनि संबिधान निर्माण गरियो भन्ने बाहेक अरु केहि गुण छैनन् भन्ने गर्दछन ❘ बरिष्ट पत्रकार किशोर नेपाल त ८ वर्ष लगाएर बनाइने यो संविधानको भविष्य कस्तो होला भनेर ८ दिनमै जानकारी हुन सक्छ भन्ने आशय ब्यक्त गर्नुहुन्छ ❘ यस्तै कानून विद डा. भीमार्जुन आचार्य पनि सम्बिधानासभा बाट निर्माण हुदै गरेको संबिधानको खुशियालीमा सम्बन्धित पार्टीका कार्यकर्ता बाहेक अरुले दिपावली गर्ने गुन्जायस नदेखेको भन्ने खालको भाव व्यक्त गर्नुहुन्छ ❘ कुनै पनि कुराका नकारात्मक र सकारात्मक पक्ष दुवै हुने गर्दछन र यो संविधानसभाबाट पारित हुदै गरेको संविधानका पनि सवल र दुर्वल दुवै पक्ष छन् ❘ नेपालको संविधानसभाबाट संबिधान निर्माण हुनु आफैमा एउटा सवल पक्ष हो र विभिन्न बिचार, आकांक्षा, चाहना र स्वार्थ  बोकेका ६०१ कुल सभासदको बीचबाट कुनै एउटा सहमतिमा पुग्नु भावानामात्मक रुपमा मात्र हैन यान्त्रिक रुपमा पनि कठिन बिषय हो ❘  यो आन्तरिक पक्ष हो  ❘ २१ सौं सताब्दीको विश्वमा एशियाको उपस्थिति र विश्व शक्तिको रुपमा उदाउदै गरेका चिन र भारतको पहुच नियन्त्रण र बिस्तारको संघर्षको कारण नेपाल अन्तराष्ट्रिय शक्ति केन्द्रको रंगमंचको रुपमा बिकास हुदै गएको छ ❘ यस्तोमा नेपाली राजनीतिमा वाह्य हस्तक्षेप बढ्नु पनि स्वाभाविक नै हो ❘ आज सम्म एक लौटी रुपमा भारत बाट नियन्त्रित र निर्देशित नेपाली राजनीतिमा उसको एक मधेश एक प्रदेशको मुद्धा बोकेका केहि मधेश केन्द्रित दल लगायत पछिल्लो चरणमा राजतन्त्र र हिन्दुको मुद्धालाई समेत समेटेर संबिधान बनाउन पर्छ भन्ने चाहना बिपरित आठ वर्ष लामो लडी घच्चीमा संविधानसभाबाट संबिधान निर्माण हुनु र त्यो पनि सकेसम्म धेरै वाह्य हस्तक्षेपलाई नकार्नु जस्तो संबिधान निर्माणको सकारात्मक पक्षलाई नेपालकै लागि एतिहासिक कार्य हो भन्न हामी नेपाली हौँ भन्ने हिच्किचाउन हुदैन भन्नेहरुको पनि कमि छैन ❘

संविधानका चुनौती र सम्भावनाहरु कस्ता छन् त ?

यो पटक संविधानसभाबाट संबिधान निर्माण हुन कसैले रोक्दैन र रोक्न सक्दैन भन्ने कुरा संबिधान निर्माणको क्रममा अन्तिम बोलीको रुपमा बोल्ने ठूला र प्रमुख पार्टीका (एमाले, कांग्रेस र एमाओवादी) तीनवटै नेताहरुले बोलेको  सुनियो र तदअनुरुप प्रक्रिया पनि सुरु भयो ❘ भदौ ३० गते नया बन्ने संबिधानका सबै धारा सबै पारित गर्दै गर्दा संबिधान निर्माणमा अवरोध आउलाकी भनेर अब पनि शंका गर्न पर्ने देखिदैन र नेताहरुले देखाएको बिस्वास पनि यहि हो ❘ यसरी संविधानसभाबाट संबिधान जन्मिदा यसले धेरै प्रसव पिडा भोग्यो, कहिँ ज्यानै नरहने त हैन र नेपालीको ७ दशक पुरानो संबिधान जन्माउने सपना नै खेर जाने त हैन भन्ने खालको भय पनि पैदा गरेको हो यो संबिधान सभाले ❘ तर अब प्रसंग फरक छ ❘ अबको प्रसंग भनेको जन्मनु अगाडीका पीडालाई भुलेर यसले कस्तो भाग्य रेखा बोकेर जन्मियो भन्ने हुदा राम्रो होला, त्यसै तर्फ लागौं ❘

नेपाल राष्ट्रको संबिधान २०७२ धेरै विवादको घेरा बाट जन्मेको छ तर पनि संबिधान जन्मे को छ र कुनै पनि बस्तुको उत्पत्ती हुदा सम्भावना र चुनौती सँग सँगै बोकेर आएको पनि हुन्छ ❘ त्यसैले यसले  सम्भावना र चुनौतीका पहाड नै बोकेर जन्मेको छ भन्दा अन्यथा नहोला भन्ने कुरा संबिधान निर्माणमा दिलोज्यान दिएर लाग्ने नेताहरुबाट प्रकट असन्तुष्टिले पनि पुष्टि गर्दछ ❘ संबिधान निर्माणको बखतमा करिव ३ दर्जन जति मानिसहरुको मृत्यु भएको छ र अथाह असन्तुष्टिहरु संगसंगै बोकेर जन्मेको यो संविधानका चुनौतिहरु यसप्रकार छन् ❘

– एक नम्बरमा यो संविधानले मानिसले जन्मदा जन्मदै लिएर आएको बाच्न चाहिने (गास, वास र कपास) आधारभूत आवस्यकताको सम्बोधन गर्न सकेको छैन, जुन मानिसको प्राकृतिक अधिकार हो ❘

– दोश्रो नम्बरमा यो संविधानले राष्ट्रिय एकता छिन्न भिन्न पारेको छ र काल्पनिक रुपमा सिमांकन गरिएका संघीय प्रदेशहरु राष्ट्रिय अखंड़ता र प्रदेशमा रहने जनताको सहज पहुचका हिसाबले उपयुक्त छैनन् ❘

– तेश्रो नम्बरमा यो संविधानले पहिचानको माग राख्ने धार्मिक समूह, आदिवासी, जनजाती, मधेशी र पिछडीएकाहरुलाई सम्बोधन गर्न र उनीहरुलाई पहिचान के भनेर बुझाउन पनि सकेको छैन ❘

– चौथो नम्बरमा राजतन्त्र मात्र नेपालाको स्थायी शक्ति हो र यसैले मात्र राष्ट्रिय एकता र देशको सार्वभौमको सत्ताको जगेर्ना हुन्छ भन्नेहरु पनि यो संविधानको ठूलो चुनौतिको रुपमा रहन सक्ने देखिन्छ ❘

– पाँचौ, यसले सार्वभौम देशका अधिकार र सीमाको निर्धारण गरेको छैन, जुन पनि यसको चुनौती हुन सक्छ ❘

– छैटौं नम्बरमा यसले नागरिकताको समस्या र छिमेकी देशका नागरिकको अतिक्रमण रोक्ने उपायको सट्टा बढावा दिएको छ, यो पनि संबैधानिक स्थायित्वको चुनौती मात्र हैन राष्ट्र नै कमजोर पार्ने कारक पनि हो  र हुन सक्छ ❘

– सातौँ नम्बरमा मधेश केन्द्रित दलको बिरोधको बावजुद जन्मेको यो संबिधान प्रति भारतले जताएको चिन्ता यो संविधान कार्यान्वयनको सबै भन्दा जटिल र ठूलो चुनौती रुपमा रहन सक्ने कुरा चर्चामा आउने गरेको छ ❘

– आठौँ नम्बरमा यो सम्बिधानामा संविधानसभामा भाग नलिएका र संविधानसभामा उपस्थित हुन नसकेका दल र समूहको प्रतिनिधित्व हुन सक्दैन ❘

यति हुदा हुदै पनि जहाँ चुनौती त्यहाँ सम्भावना भने जस्तै यो संबिधान सम्भावना रहित छ र चुनौती नै चुनैति मात्र बोकेर जन्मेको छ भन्नु गलत हुन्छ किनकि मात्र शासकीय रुपमा सत्तामा बस्नेहरुले आफुलाई इमान्दार रुपमा प्रस्तुत गर्न सक्ने हो भने यस भित्र सम्भावनाहरु पनि त्यत्तिकै छन् भन्न सकिन्छ ❘ जुन यसप्रकार छन् ❘

दशक लामो शंक्रमण चिर्दै देशले संबिधान पाएकोछ र यसको – पहिलो र एक नम्बर सम्भावना भनेको संवैधानिक संकटबाट देशलाई मुक्त गर्दै देशमा मौलाएको राजनैतिक अस्थिरतालाई समाप्त पार्नु हो ❘

– दुइ नम्बरमा राष्ट्रिय चाहना र आवस्यकता अनुसारको बिकास योजना तर्जुमा गर्नु र उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग सन्तुलित र मित्रवत किसिमले सम्बन्ध बिकास गर्दै बिकास तर्फ लम्कनु हो ❘

– तेस्रो नम्बरमा समयको अन्तरालमा संबिधानमा देखिएका देखिएका कमि कमजोरीलाई आवस्यक मत संख्याको आधारमा सुधार गर्दै ब्यवाहारिका रुपमा सिद्ध गर्नु हो भन्न सकिन्छ ❘ माथि उल्लेखि सम्भावनाहरुलाई  समयको क्रम सँगै बिशुद्ध भावना राखेर व्यवहारिकता प्रदान गर्दै र जनताले बोकेका असन्तुष्टिहरुलाई चिर फार गर्दै उनीहरुको भावनासँग मेल खाने नीति र योजना तर्जुमा गरि उनीहरुको जीवन स्तर उठाउने दिशामा लान र जान सके देशमा भएका सबै समस्या र चुनौती एक एक गरि हाल गर्न पनि सकिन्छ ❘

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१