धेरै केरा स्वास्थ्यको लागि खतरा १ दैनिक ७ वटा केरा ठिक्क

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७२, बुधबार १५:३४

Bananaकेरा विश्वव्यापी फल हो र निकै स्वादिष्ट तथा सुलभ फल पनि हो । यो फल भिटामिन तथा लवण लगायतका पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । त्यसैले दैनिक रुपमा केरा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर आवश्यकता भन्दा धेरै मात्रामा केरा खानु स्वास्थ्यका लागि हानिकारक हुने र यसले ज्यानै लिन खतरा पनि हुनसक्ने बताइन्छ ।

यद्यपि यो दाबी एकजना बेलायती हाँस्यव्यंगकार रिकी गर्बाइयका साथी कार्ल पिलकिंग्टनको हो । साथीहरुबीचको छलफलमा कार्लले किटेरै भने स् मैले एउटा तथ्य बताउँछु की यदि तपाइँहरुले एकैचोटी ६ वटा भन्दा बढि केरा खानुभयो भने त्यसले ज्यानै लिनसक्छ ।

केरामा प्रसस्तै पोटासियम लवण हुने भएकाले ६ वा सो भन्दा बढि केरा एकैचोटी खाँदा सरीरमा पोटासियमको मात्रा खतराको स्तरभन्दा माथि पुग्ने दाबी उनको छ ।

आखिर पोटासियम यति धेरै खतरनाक हुन्छ र रु बेलायतको लण्डनस्थित जर्ज अस्पतालका पोषण विज्ञ क्याथरिन कोलिन्स भन्छन् स् वास्तवमा पोटासियम मानिसको स्वास्थ्यका लागि मात्र होइन बाँच्नकै लागि पनि अनिवार्य हुन्छ । सरीरका कोषिकाहरुमा यो लवण पाइन्छ ।

पोटासियमले सरीरका कोषिका तन्त्रलाई सही किसिमले संचालित गर्न मद्धत गर्दछ । यसले मुटुको गतिलाई नियमित र सन्तुलित बनाउँछ भने ब्लड सुगर तथा ब्लड प्रेसरलाई पनि नियन्त्रण गर्दछ ।

खतरा के छ रु

अर्कोतर्फ यदि सरीरमा पोटासियमको मात्रा धेरै बढि वा धेरै कम भयो भने मानिसको मुटुको गति अनियमित हुनसक्छ । त्यसका साथै पेट दुख्ने तथा झाडावान्ताको समस्या पनि पैदा हुनसक्छ ।

अमेरिकामा त मृत्युदण्ड पाएका अपराधीको ज्यान लिनका लागि पोटासियम क्लोराइडको सुइको प्रयोग गर्ने समेत गरिएको छ । किनकी सरीरमा पोटासियमकोे मात्रा अत्यधिक हुँदा त्यसले हृदयाघात गराउँछ र मानिसको ज्यानै जान्छ ।

त्यसोभए केरा खानै नहुने खतरनाक हो त रु दिनमा ६ वटा केराभन्दा धेरै खानै नहुने हो रु विज्ञहरुको भनाइ मान्ने हो भने डराइहाल्नुपर्ने छैन । पोषणविज्ञ कोलिन्सका अनुसार केरामा जुन स्तरमा पोटासियम पाइन्छ त्यस आधारमा सरीरमा पोटासियको विषाक्त मात्रा पुग्न र मानिसको ज्यानै जानका लागि दिनमा ४ सय वटा केरा खानुपर्ने हुन्छ ।

दिनमा ४ सय वटासम्म केरा खानु त असम्भव नै हो । त्यसैले हामीले आफ्नो स्वास्थ्य हेरिकन अघाउन्जी केरा खाएपनि त्यसले कुनै असर नपार्ने र उल्टै फाइदा पूराउने उनको भनाइ छ । उनका अनुसार केरा खाँदैमा मरिन्छ भन्ने कुरा असम्भव हो ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार एउटा वयस्कलाई दैनिक ३५ सय मिलिग्राम सम्म पोटासियम आवश्यक पर्छ । एउटा १२५ ग्रामको केरामा पोटासियमको मात्रा ४५० मिलिग्राम सम्म हुन्छ । यसको अर्थ दैनिक ७(८ वटा सम्म केरा खानु स्वास्थ्यका लागि ठीक्क हुनुका साथै फाइदाजनक पनि हुन्छ । त्यसभन्दा बढि खाँदा मानिसको ज्यान नै नगएपनि सरीरमा आवश्यकता भन्दा बढि पोटासियम आपूर्ति हुँदा केही न केही गडबडी त पक्कै हुन्छ ।

पोषणविज्ञ कोलिन्सका अनुसार पोटासियमको मात्रा उच्च भएका खानेकुराहरु खाँदा विचार भने पूराउनुपर्ने हुन्छ । अझ मृगौलाको रोग भएका विरामीहरुले सबैभन्दा धेरै सतर्कता अपनाउनुपर्ने हुन्छ । बीबीसीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१