तीजमा व्रत बस्नेलाई डाक्टरको सल्लाह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७२, बुधबार १४:४२

12032131_1034366986587743_7418710490142697508_nकाठमाडौँ ,३० भाद्र । तीजको दिन धेरै महिलाहरुले पानी पनि नपिएर व्रत बस्छन् । तर केही नखाँदा स्वास्थ्यलाई बेफाइदा हुने भएकाले सचेत हुनुपर्ने डाक्टरले बताएका छन् । तीजमा व्रत बस्ने महिलालाई डाक्टर दिएको सल्लाह यस्तो छ :
* व्रत बसे पनि पानी, दूध लगायत पानीको मात्रा धेरै पाईने फलफूल खानु पर्छ ।
* व्रतालुले मिश्री पानी खाए स्वास्थ्यका लागि राम्रो हुन्छ ।
* केहि नखाई व्रत बस्दा रिंगटा, लाग्ने, टाउको दुख्ने र बेहोस हुने जस्ता समस्या देखिन सक्छ ।
* मधुमेह र रक्तचापमा समस्या भएका महिलाले व्रत नबस्दा राम्रो ।
* गर्भवती र बच्चालाई दूध चुसाउने आमाले झोलिलो खानेकुरा अनिवार्य खानुपर्छ ।
* नाचगान गर्दा र हिँड्दा सकेसम्म चुच्चो र अग्लो जुत्ता लगाउन हुँदैन । यस्तो जुत्ता लगाए कम्मर दुख्ने समस्या आउन सक्छ ।
डाक्टरका अनुसार केहि नखाइकन व्रत बस्दा शरीरमा पानीको मात्रा कम हुन्छ र रिंगटा लाग्ने, टाउको दुख्ने, बान्ता हुने र बेहोस हुने भएकाले शरीरलाई आवश्यक पर्ने पानी पिउनु पर्छ । खानपान नमिल्ना साथ रक्तचापमा उचारचढाव आउनुका साथै शरीरलाई चाहिने आवश्यक तत्व नपुग्ने हुँदा स्वास्थ्य समस्या देखिने डाक्टर अरुणा उप्रतीले बताउनुभयो । आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र व्रत बस्न उहाँको सल्लाह छ ।

प्रतिक्रिया