बन्दैछ दुनियाँकै शक्तिशाली क्यामेरा, अन्तरिक्षको फोटो प्रत्यक्ष देख्न पाइने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७२, बुधबार ०५:४८

वैज्ञानिकहरुले दुनियाँकै सबैभन्दा शक्तिशाली क्यामेरा बनाउने तयारी गरिरहेका छन् । यो क्यामेरा निर्माणको थालनी गर्न अमेरिकाको उर्जा विभाग अन्तर्गतको एसएलसी नेशनल एक्सेलेटर ल्याबेरोटोरीले अनुमति दिइसकेको जनाइएको छ । अन्तरीक्षको अध्ययन गर्ने दुरविन, लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपमा ३.२ मेगापिक्सेलको सो क्यामेरा रहने बताइएको छ । ८.४ मिटर लामो हुने उक्त दुरविन चिलीमा निर्माण भइरहेको छ । अन्तरीक्षमा पठाउने उद्देश्यले बनाउन लागिएको यो क्यामेरा लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपको मुटुको रुपमा रहने छ ।

सन् २०२२ बाट क्यामेरा तथा दुरविनले आफ्नो १० बर्षे मिसन सुरु गरी हरेक रात पुरै दक्षिण आकाशको डिजिटल तस्वीर खिच्नेछन् । अबको पाँचबर्षभित्रमा यो क्योमेराको निर्माण पूरा गरि परीक्षण गर्ने योजना वैज्ञानिकहरुको छ । अमेरिकाको क्यालिफोर्नियास्थित एसएलसी नेशनल एक्सेलेटर ल्याबेरोटोरीमा यसको निर्माण र परीक्षण गरी पछि त्यसलाई दुरविनमा स्थापित गरिने योजना रहेको छ ।

telescope

 

 

 

 

क्यामेराका फिचरहरु

यस क्यामेराबाट खिचेको तस्वीर एकदमै विस्तृत हुनेछ । एउटै तस्वीर देखाउनका लागि १५ सय वटा हाइ डेफिनेसन भएको टीभी स्क्रिनको आवश्यकता पर्नेछ । आजसम्म बनेका क्यामेराहरु भन्दा सबैभन्दा ठूलो र गह्रौँ भनिएको यस क्यामेराको तौल झण्डै ३ टन र आकार कारको जत्रै हुनेछ । १ सय ८९ वटा सेन्सर रहने यो क्यामेराको रिजोलुसन ८ लाखवटा ८ मेगापिक्सेल क्यामेरा बराबरको रहेको छ । त्यस्तै, यसमा फिल्टर चेन्जिङ प्रणालीका साथै विभिन्न तरंग गति प्रकाश अवलोकनका लागि सटर पनि रहेको छ ।

telescope 1

 

 

 

 

 

 

क्यामेराका उपयोगिताहरु

यस क्यामेरामार्फत् लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपले ब्रह्माण्डको निकै विस्तृत तस्वीर खिचि खगोलीय अध्ययनमा नयाँ अध्याय थपिने विश्वास लिइएको छ । त्यसबाट प्रतिबर्ष ६० लाख गिगाबाइट तस्वीर डाटा संकलन हुने अपेक्षा गरिएको छ । यसबाट खिचिएका तस्वीरलाई तथ्यको आधारमा प्रयोग गर्दै खगोलविद्हरुले आकाशगंगाहरुको निर्माणको अध्ययनका साथै हानिकारक क्षुद्रग्रह समेत पत्ता लगाउन सक्ने अपेक्षा गरिएको छ । साथै, विस्फोट भइरहेका ताराहरुको अवलोकनका साथै ब्रह्माण्डको ९० प्रतिशत भाग ओगट्ने रहस्यमय कालो छिद्रका साथै कालो उर्जाका बारेमा जानकारी हासिल गर्न समेत थप मद्दत मिल्ने आशा गरिएको छ । साथै, यस क्यामेराको सहायताले अहिलेसम्म नदेखिएका र पत्ता नलागेका तारा तथा ग्रहहरु समेत देख्न सकिने आशा गरिएको छ ।

businesssansar.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१