आफैँलाई खान खोज्ने दुईमुखे सर्प भेटियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७२, बुधबार ०५:१५

snakeकाठमाण्डौं । अमेरिकाको फ्लोरिडा राज्यमा दुइटा मुख भएको अनौठो सर्प छ, जसले आफैँलाई खाने प्रयत्न गर्ने गर्छ । मेडुसा नाम गरेको यो सर्पलाई चार वर्षअघि टोड रे नाम गरेका एक अमेरिकीले ५० हजार अमेरिकी डलर तिरेर खरिद गरेका थिए । उनीसँग अन्य दुईमुखे जीवको ठूलै संकलन छ । सबैभन्दा बढी दुईमुखे जीव पाल्ने मानिसका रूपमा गिनिज बुकमा रेको नाम दर्ता भइसकेको छ । करिब तीन फिट लामो यो सर्पले एउटा मुखले अर्को मुखलाई खाने प्रयत्न गर्छ । तर, खान थाल्दा दुखेपछि आफैँलाई खाने प्रयत्न यसले छोड्ने र पछि पुनःप्रयास गर्ने गरेको अमेरिकी अनलाइनहरूले जनाएका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१