रेडियो नाटक संगोर श्रृखलाको पुनः आरम्भ हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७१, आईतवार ०७:३१

प्रविण अग्रवाल /रौतहट २५ जेठ । मैथली रेडियो नाटक संगोर श्रृखलाको पुनः आरम्भ हुने तय भएको छ । मैथली नाटकको आयोजक नयाँ संसार सुनसरी नामक सँस्थाले गौर स्थित सियापैलेमा एक कार्यक्रमको आयोजना बिच सो जानकारी गराएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा सम्मपन भएको कार्यक्रमका नायक, कलाकारहरुले नाटक विभिन्न लोक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भुजेलको नाटक प्रभावकारी हुनमा यसका कलाकारहरुको भूमिका ज्यादै नै सराहनिय रहेको बताउदै नाटकले देशमा शान्ति स्थापना र गणतन्त्रको संस्थागत विकासमा  अहम योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । sangor programकार्यक्रममा  भोजपुरी गायक वृजकिशोर सहनी र नेक महम्मद हसैनले गित प्रस्तुत गरेका थिए भने कार्यक्रमको बिच विचमा गौरमा रहेको इन्टरनेशनल बाल एकेडमीका छात्राहरुले लोक गित तथा नृत्य प्रस्तुत गरी लोप हुन लागेको सँस्कृति जोगाउन उपस्थित सबैमा सन्देश दिएका थिए । सो अवसरमा सर्चफर कमन ग्राउण्ड काठमाडौंका अर्जुन उप्रेती, ग्रामीण विकास केन्द्रका पारस हुसैन, रौतहट एफएमका अध्यक्ष रेवन्त झा, अवधेश यादव लगायतका वक्ताले नाटकको बारेमा आ आफ्नो धारना राखदै नाटकको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१