पत्रकार मार्ने पूर्वसभासद्को धम्कि प्रति महासङ्घको भत्र्सना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७२, मंगलवार १४:४२

indexरौतहट,२९ भाद्र  । नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै यहाँका तीन जना पत्रकारविरुद्ध पूर्वसभासद् बबन सिंहले दिएको अभिव्यक्तिप्रति घोर भत्र्सना गरेको छ ।
आन्दोलनका क्रममा पत्रकार आन्दोलनको परवाह नगरी निर्वाध रुपमा निष्पक्ष एवम् वस्तुनिष्ठ समाचार सम्प्रेषण गरिरहँदा पनि पूर्वसभासद् सिंहले स्थानीय कोहिनुर एफएमबाट नागरिक दैनिकका संवाददाता मदन ठाकुर, एभिन्यूज टेलिभिजनका संवाददाता गौतम श्रेष्ठ र कान्तिपुर दैनिकका संवाददाता शिव पुरीको विषयमा दिएको तथानाम अभिव्यक्तिप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको महासङ्घका जिल्ला अध्यक्ष शैलेन्द्रप्रसाद गुप्ताद्वारा हस्ताक्षतिर विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया