बलिउडका चर्चित कलाकार जोडी कोनकोना सेन शर्मा र रनवीर सोरी अन्तत छुटिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७२, मंगलवार १४:०९

ranbir-and-konkonaबलिउडका चर्चित कलाकार जोडी कोनकोना सेन शर्मा र रनवीर सोरी अन्तत छुटिएका छन् । पाँच वर्षअघि बिवाह गरेका उनीहरुका ४ वर्षका छोरा छन् ।
लामो समयदेखि उनीहरुको खराब सम्बन्धबारे समाचारहरु बाहिर आएपनि उनीहरुले सोमबार भने आधिकारीक रुपमै छुटिने घोषणा गरेका हुन् । यि दुवैले ट्विटरबाट छुट्टिएको बताएका हुन् । ४३ वर्षिय रनवीर र ३५ वर्षिय कोनकोनाले २०१० मा विवाह गरेका थिए ।
अपर्णा सेनकी छोरी कोनकोना मिस्टर एन्ड मिसेस अइयर, वेक अप सिड, ओमकारा, एक थी डायन, पेज थ्री र लाइफ इन अ मेट्रो जस्ता फिल्मबाट स्थापित भएकी हुन् भने रनवीरले खोसलाका घोंसला, भेजा फ्राइ, सिंग इज किंग, एक था टाइगर, मिथ्यालगायतका चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१