काठमाडौँ । देश बनाउन सक्ने सक्षम युवाको खोजी गर्दै ‘चंखे शंखे पंखे’ फिल्मले थालेको ‘पब्लिक स्पिकर’ अभियानको ललितपुर अडिसन पनि सम्पन्न भएको छ । ललितपुरका विभन्न कलेजका विद्यार्थीहरु माँझ भएको अडिसनबाट ९ यूवाहरुलाई ग्रयान्ड फाईनलका लागि छनौट गरिएको हो । छनौट हुनेमा एक दृष्टीविहिन विद्यार्थी आश्मा अर्याल सहित कुसुम भट्ट, लता भट्टराई, सनाया जोशी, पवित्रा भट्टराई, प्राप्ती खड्का, जुजुना दाहाल, सुरेश नेपाल र सुस्मिता कार्की रहेका छन् । आगामी असोज २ गते काठमाण्डूमा हुने ग्रयाण्ड फाईनलमा बिजेता हुने तीन प्रतियोगिले क्रमश १ लाख ५० हजार र २५ हजार सहित चंखे शंखे पंखे अवार्ड जित्नेछन् । चंखे शंखे पंखे आधुनिक राष्ट्रियताको बिषयमा निर्माण गरिएको हो फिल्म हो जसलाई मेरो एउटा साथी छ र धन्दा जस्तो शक्तिशाली फिल्म निर्देशन गरेका निर्देशक सुर्दशन थापाले निर्देशन गरेका हुन ।
प्रतिक्रिया