एजेन्सी–नायक सैफ अली खानले करिनाले चाहेपछि मात्र आफू बाबु बन्ने बताएका छन् ।
सैफले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई बाबु बन्न कुनै हतारो छैन । जब करिना आमा बन्न तयार हुन्छिन् तब मात्र त्यस विषयमा सोच्ने हो ।’
करिनाले आफूलाई आमा बन्ने इच्छा भए पनि दुई तीन वर्ष त्यस्तो कुनै सम्भावना नरहेको उनले बताएकी थिइन् । सैफको भने हिली श्रीमतीतिर दुई सन्तान रहेका छन् ।
सैफ र करिनाले २०१२ को मे महिनामा विवाह गरेका थिए त्यति नै बेला करिना बक्स अफिसमा सबैभन्दा सफल नायिकाका रुपमा देखिएकी थिइन । पछिल्लो समय करिनाद्वार अभिनित फिल्म ‘बजरंगी भाइजान’ बम्पर हिट भएको थियो ।
प्रतिक्रिया