काठमाडौं २८ भाद्र । संविधानसभाको बैठकले हिन्दु राष्ट्रसहितको संविधान पारित नगरेको आक्रोशमा सडकमा उत्रेका हिन्दुवादीमाथि प्रहरीले पानीको फोहरा हानेको छ । संविधानसभाले नयाँ संविधानमा धर्मनिरपेक्षता कायमै राख्ने प्रस्ताव पारित गर्दा बाहिर बानेश्वरमा तनाव उत्पन्न भएको हो । हिन्दु राष्ट्र माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच भडप भएकोभएको बताईएको चा ।राप्रपा नेपालका कार्यकर्ता, कांग्रेस नेता खुमबहादुर खड्काको हिन्दुराष्ट्र अभियान र कमल नयनाचार्यका अनुयायीहरुको जुलुसले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो ।
प्रदर्शनकारीले राष्ट्रंघको एउटा गाडीमा तोडफोड गरेका छन् । तिरतवितर भएका प्रदर्शनकारीहरु एकीकृत भएका छन् र सभा गरिरहेका छन् ।
प्रतिक्रिया