संसदको क्यान्टिनमा पाँच दिनको बासी खाना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७१, शुक्रबार २१:३८

काठमाडौँ,२३ जेठ । संविधानसभा संसद सचिवालयको चमेनागृहबाट बासी खाना खुवाउने गरेको पुष्टि भएपछि कर्मचारीले शिलबन्दी गरेर ताला लगाइदिएका छन् । सचिवालयको चमेनागृहको मासु ५ दिन बासी र दाल ३ दिन अघि पकाएको खाद्य प्रबिधि तथा गुणस्तर बिभागले पुष्टि गरेपछि बन्द गरिएको हो ।10329102_785651564792621_7732890306751814522_n
संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको शुक्रबार बैठकपछि सभापति डा. बाबुराम भट्टराई, पूर्णवहादुर खड्का र सचिव मुकुन्द शर्मा चमेनागृहमा खाना खान गएका थिए । खाना खाने क्रममा दाल र मासु गन्हाएपछि खाना कचौरामा राखी सचिव शर्माको कोठामा लगिएको थियो । त्यहिँबाट खाद्य प्रबिधिका कर्मचारीलाई बोलाएर जाँच गर्दा बासी खाना पुष्टि भएको थियो ।
‘मासु ५ दिनको बासी र दाल तीन दिनको बासी भन्ने पुष्टि भयो’ शर्माले भने । सचिवालयको चमेनागृहले बासी खाना खुवाउने गरेको यसअघि पनि गुनासो आउने गरेको थियो । शुक्रवार पुष्टि भएपछि संसद सचिवालय कर्मचारी युनियनले सिंहदरवार र बानेश्वर दुवै ठाउमा ताला लगाइदिएको हो ।

प्रतिक्रिया