“आन्दोलनकारीले त्यहीँ आएर कुटपिट गर्न थालेपछि उनी मलाई नमारु भन्दै पटक–पटक बिन्ती गरिरहेका थिए। तर, तिनले जथाभावी बाँसको भाटा, फ्यान्टा र बियरको बोतलले हानिरहे। ज्यानको भिख माग्दामाग्दै थम्मनको मृत्यु भयो “।
यी माथिका शब्द नागरिक न्युजमा महेश कुमार दाशले एम्बुलेन्स चालक “मिश्र” सँग गरेको कुराकानीको रिपोर्टिंग बाट लिइएका हुन् । हाल एक महिना यता तराइमा अधिकारको नाममा भैरहेको आन्दोलनमा मर्ने र मारिने पुलिस वा जनता दुवै नेपाली हुन् र मानिस नै हुन् । यी घटनामा अपनाइएको कुर्र व्यवहारलाई हेर्ने हो भने मर्ने र मार्ने दुवै मानिस नै नभएर जनावर पो हुन् कि जस्तो देखिएको छ । सधैं जसो खशी मार हान्ने कसाहीले पनि एकै पटकमा मार हान्न सकेन, खशी करायो र उसलाई पिडा भयो भने पश्चाताप गर्छ र चुकचुकाउछ जुन कुरा हामीले देख्ने गरेको घटना हो । यो त भयो पशु र कसाहीको बिचको कुरा जुन पेसा गत पक्ष हो । मानिस आफैमा हिंश्रक जनावर हैन । तर पनि मानिसले बोकेर आएको पेट, सामाजिकिकरणको प्रभाव र जनावर(जनावर बिचको हिंश्रक गतिबिधी आदिले गर्दा मानिसले जनावर माथि प्रहार गर्ने र शिकार गर्ने गर्न थाल्यो । तर मानवीय मूल्य मान्यताको आधारमा कुनै पनि मानिसले मानिसको सिकार गर्दैन र यो प्रवृति नारकिय अपराध भन्दा जघन्य अपराध हो । दिमागी चाटुकारिताको आधारमा मानवले आफु जस्तै प्रकृति प्रदत्त अन्य जनावर माथि त अधिकार जमायो, उनीहरुलाई आफ्नो बसमा राख्यो र आवस्यकताको आधारमा उनीहरुको शिकार गरि आफुलाई जीवित राख्न थाल्यो, जुन एक हद सम्म अस्तिव रक्षाको प्रसंगमा जायजै होला । तर आजको २१ औं सताब्दीको सभ्य हुँ भन्ने मानिसले पनि बर्बर जंगली युगको जस्तो झम्टी झम्टी, खेदी खेदी मलाई नमार भन्दा र बिन्ति गर्दा गर्दै पनि भाला, भाटा र ढुंगा प्रहार गरि उसको हत्या गर्ने घटना मानवताकै खिल्ली उदाउने भन्दा अरु केहि हुन सक्दैन । यो कुरा हामी सभ्य र शिक्षित २१औं सताब्दीका मानव हौँ भन्नेले सोच्न जरुरी छ ।
हुनत तराई मधेशको आन्दोलनमा प्रहरीको अतिरिक्त अन्य अथवा सर्वसाधारणको पनि मृत्यु नभएको हैन ।आन्दोलनको दौरान प्रहरी र एकाध आन्दोलनकारीहरु जसले कानूनको धज्जी उदाउने कार्य गर्दछ को कारण मृत्यु हुनु त्यति जघन्य रुपमा लिइदैन र यस्तो पनि भएको पाइन्छ । आन्दोलनकै दौरान हुने बन्द हडतालमा मान्छे मारिन हुदैन भन्ने मानवाधिकार वादको पक्ष हुदाहुदै पनि आज तराइको आन्दोलन र तराइको आन्दोलनमा शहादत प्राप्त गर्नेहरु प्रति सहानुभूतिका शब्द खर्च नहुनु र खर्च गर्न मन नहुनुका पछाडी उनीहरुकै दानवीय प्रवृती कारक छ भन्दा कुनै अनर्थ लाग्दैन होला । तराई मधेशको आन्दोलनमा एउटै घरका नाती हजुर्बाबाको मृत्यु पनि भयो भन्ने समाचार पनि हामीले सुनेकै हो । त्यति मात्र हैन तराइको हालकै आन्दोलनमा १५ वर्ष भन्दा तलका, ६० वर्ष नाघेका र महिला आन्दोलन कारीको पनि मृत्यु भएको समाचार पनि सार्वजनिक भएको थियो । र जुन घटना सामान्य रुपमा प्रहरी तर्फको कमजोरीको रुपमा लिन सकिन्थ्यो, यदि आन्दोलनकारीको गतिबिधी यति धेरै कुर्र र हिंश्रक नभएको भए ।
प्रहरी बर्दी भिरेकै आधारमा ड्युटीमा नभएको प्रहरीमाथि आक्रमण हुनु, आक्रमंबाट घाइते भैसकेको अवस्थामा एम्बुलेन्समा अस्पताल लग्दै गरेको प्रहरीलाई बाटोमै एम्बुलेन्स रोकेर गाडीमा आगो लागाउनु र भाटा, ढुङ्गा र भाला प्रहार गरेर असक्त घाइते प्रहरीलाई पाशविक तरिकाले मार्नु जस्तो घोर अपराध मानवीय कार्य हुनै सक्दैन । देशका नागरिकले समान रुपमा न्याय पाउनु पर्छ भन्ने कुरामा सहमत हुदाहुदै पनि शान्तिपूर्ण आन्दोलनमा जीवितै आगो लगाएर मार्नु, भालाले आखा फुटाएर मार्नु, दुइ वर्षको वालकलाई गोली हानेर मार्नु अनि घाइतेलाई उपचार स्थल सम्म पुग्न नदिई बाटोमै एम्बुलेन्स बाट थुतेर मार्नु जस्ता कायर र कुर्र प्रवृतिले अगाडी बढेको यस्तो आन्दोलनलाई समर्थन गर्ने आधार कमजोर हुदै गएको छ । नेपाल सरकारको प्रतिनिधीको रुपमा रहेको सुरक्षा निकाय माथिको आक्रमनालाई हेर्दा कतै मधेश अथवा तराईले नेपाल सरकारको अस्तिवलाई नै अस्वीकार गरेको वा गर्न खोजेको त हैन भन्ने शंकाको हल्ला बजारमा नचलेको हैन । एका तर्फ मधेश केन्द्रित भनिएका दलहरु विभिन्न समयमा बिभिन्न भारतीय शक्ति केन्द्र धाउने र सहयोगको लागि हार गुहार गर्ने अर्को तर्फ तराइमा रहेका नेपाल सरकारका सुरक्षा कर्मी माथि आक्रामक हमला गर्ने जस्ता गतिविधीले मधेशका मुद्धालाई नकारात्मक रुपमा सतहमा ल्याइदिएको छ र गतिलै साम्प्रदायिकता र बिखन्डनको अभ्यास गरेको जस्तो देखिन्छ ।
के हो त मधेशको मुद्धा रु
समग्र तराइ अलग देशको माग राखी आन्दोलन संचालन गर्ने चन्द्र कान्त रावत, समग्र तराई एक प्रदेश भन्दै पहाडलाई तराईबाट अलग गर्न खोज्ने साम्प्रदायिक र क्षेत्रीय राजनीतिक पार्टी देखि तराइका जनतालाई पहाड बाट अलग गर्न हुदैन भन्ने सम्मका आवाजहरु तराइमा नभएका हैनन् । देशका पिछडीएका अन्य क्षेत्रका माग जस्तै तराइका पनि अधिकारका मुद्धा छन् र होलान पनि यसमा दुइ मत राख्नु पर्ने देखिदैन । नया बन्न लागेको संबिधानमा तराइको अधिकारको मुद्धा उठ्नु र शान्तिपूर्ण आन्दोलनमा सहभागी हुनु गैर प्रजातान्त्रिक, र राजनीतिक मूल्य मान्यताको बिपरित भन्ने हैन तर तराइको आन्दोलन जुन रुपमा हिंश्रक बन्दै गैरहेको छ त्यसलाई शान्तिपूर्ण जनताको आन्दोलन हो भन्न मिल्ने आधारहरु भने गुम्दै र गुमाउदै गएको कुरा जानकारहरु बताउछन । देशको भूभागको हैशियातामा र देशकै नागरिकको हैशियातामा तराईले उठाउने मुद्धा एका तर्फ हुदाहुदै बेतुकको एक मधेश एक प्रदेश र समग्र तराईलाई अलग देश बनाउने मुद्धा कतै कोही नेपालीको लागि सह्य छैन र यसमा सीमानामा जोडिएको छिमेकी देशको बाहेक अन्य कसैको हात छैन भन्ने तराईवासीको कथन पनि छ १
के साच्चै मधेशले नेपाल सरकारको अस्तित्व अस्वीकार गरेकै हो त रु
हालसाल हुदै गरेको तराइको आन्दोलनको लक्ष सरकारी प्रतिनिधी र सुरक्षाकर्मी हुनु अनि सरकारी कार्यालय आन्दोलनकारीको निशानामा पर्नुलाई हेर्ने हो भने तराईले कहिँ नेपाल राष्ट्रलाई नै अस्वीकार गरेको त हैन भन्ने प्रस्न उठ्नु स्वाभाविक जस्तो लागे पनि यस्तो चाहि पटक्कै हैन । सम्बिधान सभाका १२० जना सभासद मध्ये थोरै संख्यामा प्रतिनिधित्व गर्ने पार्टीहरु आन्दोलनमा सहभागी छन् र उनीहरुको मत उल्लेख्य छैन भन्ने कुरा कूल ५९८ संविधानसभाका सभासद मध्ये ५४१ जना सभासद संबिधान निर्माणको बिधेयक माथिको छलफलमा जुट्नुले पनि उनीहरुको कम संख्यालाई प्रमाणित गर्दछ । यसो भन्दैमा उनीहरुले उठाएका मुद्धा सबै गलत छन् भन्ने चाहि हैन बरु उनीहरुले खेदेको बाटो र सघाएको मुद्धा गलत हो भन्ने पक्षलाई जोड दिनु हो । नेपालका ठूला दल भनिएका कांग्रेस, एमाले, एमाओवादी र राप्रपा नेपाल, जो संबिधान निर्माणमा जुटेका छन् ति दलमा भएका तराइका प्रतिनिधीहरु विखण्डनका मुद्धामा सहभागी छैनन् जसले गर्दा झिनो मतमा रहेका दलहरु र पछिल्लो चरणमा भारतबाट आएर नागरिकता लिनेहरु मात्र नेपाल भत्काउने दिशामा लागेको कुरालाइ इंगित गर्दछ । उनीहरु बाहेक ठूलो संख्यामा रहेको तराइको जनमत राष्ट्रिय एकता र सामाजिक सद्भावको पक्षमा रहेकोले नेपाल र तराइको सुरक्षा तराईमै रहेको राष्ट्रवादी जनसंख्याको तप्काले गर्दछ भन्ने कुरामा कुनै फरक मत राख्न जरुरी छैन । अन्त्यमा तराइको आन्दोलनमा थप भूमिका निभाउन नेपालको अन्तरिम संबिधान बाट खेदिएको पूर्व राजाका समर्थक र अन्तरिम संबिधानमा जन चाहना बिपरित राखिएको धर्मनिरपेक्षताको बिरोध गर्नेहरुको पनि हात रहेको कुरा कताकति सुन्नमा आएको छ, जुन कुरा आंशिक रुपमा सत्य पनि छ ।
अन्त्यमा तराइको बहुलठ्ठी आन्दोलन देश र जनताको पक्षमा भन्दा बढी बिखान्डनकारीको पक्षमा छ भन्ने कुरालाई उनीहरुले उठाएका मुद्धा र उनले लिएको आन्दोलनको बाटोले प्रष्ट पारेको छ । यो गैर प्रजातान्त्रिक क्रियाक्लावालाई जनताको मुद्धा र जनताको आन्दोलन भनेर समर्थन गर्न आज कसैको पनि हिम्मत देखिएको छैन र यो राष्ट्र हितको पक्षमा पनि छैन । ढिलो वा चाडो आन्दोलनकारी राष्ट्रको मूल धारमा एकाकार नभई हुदैन । कहिले र कसरी आफुलाई शान्तिपूर्ण बाटोबाट अगाडी बढाउने भन्ने कुरा आन्दोलनकारीमा भर गर्छ ।समाजको बिकास, उन्नती र प्रगतिको लागि शान्तिपूर्ण बाटो नै चाहिन्छ भन्ने कुरालाई आत्मसाथ गर्नु नै आजको आवस्यकता हो । समाजको शान्ति सद्भावको लागि भाइचारा बनेर मिलेर बस्नु पर्नेमा काटमार गरेर आफ्नै नेपाली दाजुभाई, बाउआमा, दिदीबहिनीको शिकार नखेलौ यिनीहरु चरा मुसा हैनन् ।।आफ्ना छोराछोरीलाई गास काटेर हुर्काएका बाबु आमालाई थाहा हुन्छ मानबियता ममता के होरु जनताका छोराछोरी मात्र हैन देशका ।पुलिस हाम्रा रक्षक र डाक्टर भगवान समान हुन् यिनको महत्व बुझौ हत्या हिंसा त्यागौ सभ्य नागरिक बन्न सिकौ र समस्याको समाधान खोजौं ।
प्रतिक्रिया