फिल्म खेल्दै सन्नीका श्रीमान्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ भाद्र २०७२, सोमबार १०:३१

बलिउड अभिनेत्री सन्नी लियोनका श्रीमान डेनियल बेबरले पनि बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । बेबरले यसै साल दिनेश तिवारीले निर्देशन गर्ने फिल्म ‘डेन्जरस हुस्न’ मा डेब्यु गर्न लागेको बलिउड समाचारमा जनाइएको छ ।sunny

बेबरले एक अर्को फिल्ममा पनि आफ्नी श्रीमती सन्नीका साथ महत्वपूर्ण भूमिका निर्वाह गर्दै छन् । सन्नीले सुपर वुमनको रोल निभाउने यो फिल्ममा वेबर सुपर हिरोका रुपमा आउँदै छन् । फिल्मको सुटिङ आगामी अक्टोबरमा अमेरिका र भारतका केही ठाउँमा गरिने छ, नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१