बाबुले गरे कुटीकुटी २ वर्षीय छोराको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ भाद्र २०७२, सोमबार १०:२९

काठमाडौं । एक बाबुले आफ्ना दुई बर्षे छोराको निर्घात कुटपिट गरेर हत्या गरेका छन् । खोटाङ घर भई राजधानी बस्दै आएका हरिधन राईले कुटपिट गरेर छोराको हत्या गरेका हुन् ।hatya

श्रीमती घरमा नभएका बेला शनिबार राईले नाबालक छोरालाई कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस भए पनि उपचार गर्न अस्पताल नलगी घरमै बसिरहेका बेला श्रीमती आइपुगेपछि उनले नै छोरालाई उपचारका लागि अस्पताल लगेकी थिइन् ।
बालको उपचारको क्रममा आइतबार बिहान वीर अस्पतालमा उपचार भएको हो ।

वीरअस्पतालमा छोराको भर्ना गरेलगत्तै हरिधन भने फरार भएका थिए । उनलाई प्रहरीले महाराजगन्जबाट शनिबार दिउँसो पक्राउ गरिसकेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर धर्मराज भण्डारीका अनुसार राईकी श्रीमती पुष्पा अफिलसबाट फर्किएपछि बच्चालाई बेहोस अवस्थामा फेला पारेकी थिइन् । त्यसपछि अस्पताल पुर्याइएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया