एजेन्सी । बलिउड अभिनेता अजय देवगन सुन्दरीको खोजीमा छन् । तर, रियलका लागि होइन, रिलका लागि । फिल्म बादशाहाका लागि फिट हुने अभिनेत्री श्रुति हसनले अभिनय गर्ने पक्का भएको थियो । निर्देशक मिलन लुथरियाको स्टोरीमा अभिनय गर्न श्रुति खुसी पनि थिइन् । तर, अन्तिम ड्राफ्टमा उनले सोचेभन्दा फरक ड्राफ्ट पाएपछि बादशाहबाट हात झिकेको बताइएको छ ।
सुटिङ सेडयुल हेरफेर हुनु पनि श्रुतिले बादशाहा छाड्नुको अर्को कारण रहेको बलिउडमा चर्चा छ । उनका अन्य दुई फिल्मसँग समय बाझिने भएकाले बादशाहा त्यागेको बताइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया