एनसेल कैम्पमा ग्राहकको घुईचो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७१, शुक्रबार १६:३१

प्रविण अग्रवाल/रौतहट  २३ जेठ   ।
संचार क्षेत्रमा ग्राहकको पहुँच सम्म छुट्टै पहिचान बनाउन सफल भएको एनसेल मोबाईलले रौतहटको गौरमा अस्थाई कैम्पको आयोजना गरेको छ । दुई दिनको लागि लगाइएको उक्त कैम्पबाट पाँच सय भन्दा बढि ग्राहक लाभान्वीत भएको एनसेलका र्कोरपरेट संचार विज्ञ मिलन शर्माले बताएका छन् ।ncell
जिल्लाको सदरमुकाम गौरबाट ४२ कि.मि.को दुरीमा रहेको चन्द्रनिगाहपुरमा एनसेल सेन्टर रहेकोले मध्यभाग र तल्लो भागका उपभोक्तलाई एनसेलको थप सेवा सुबिधा बारे जानकारी गराउने र सेवा सुबिधा प्रदान गर्ने उद्देश्यले सो कैम्पको आयोजना गरीएको विज्ञ शर्माले भने । रौतहटको तल्लो भागका उपभोक्ताको पिरमार्कालाई ध्यानमा राख्दै छिटै सदरमुकाम गौरमा एनसेल शांँपको स्थापना गरी उक्त शांँपबाट पनि एनसेलको प्रिपेड तथा पोस्टपेड सिम उपलब्ध गराईने उहाँले बताए । बुधवारदेखि लगाइएको उक्त कैम्पमा २ दिनमा ५० हजार बराबरको कारोबार भएको छ । सो कैम्पबाट ग्राहकलाई विभिन्न योजनाका पोस्टपेड सिम, एनसेल मोडम लगायत रिचार्ज कार्ड उपलब्ध गराइएको एनसेलका नारायणी प्रमुख अभय निधिले जानकारी गराएका छन् । उक्त कैम्पमा ग्राहकले एनसेलको ईन्डिभिजुअल र र्कोपेरेट सिम बढी रुचाएको र प्रिपेड सिम बजारमा जताततै उपलब्ध हुने गरेको तथा पोस्टपेड सिम एनसेल सेन्टरबाट मात्र प्राप्त हुने गरेकोले ग्राहकको मांग अनुसार उक्त कैम्पको आयोजना भएको र लक्ष्य अनुसार नै ग्राहकको उपस्थिति रहेको निधिको भनाई रहेको छ । गौर पछि सो कैम्प रौतहटको मध्यभागमा अवस्थित गरुडा बजारमा आयोजना हुने एनसेल सेन्टर च.पुरका प्रमुख सन्तोष गवाजुले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१