काठमाडौं । मिस यूथ नेपाल–२०१५ का प्रतिस्पर्धिहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । बागबजारस्थित बागबजार प्लाजामा शनिवार सम्पन्न ट्यालेन्ट शोमा प्रतियोगिताका ३१ जना सहभागिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । भदौ ३० गते बुधवार सम्पन्न हुने निर्णायक प्रतिस्पर्धाअघि आयोजना गरिएको ट्यालेन्ट शोमा सहभागिहरुले नृत्य, गायन, अभिनय, कवितावाचन, वतृत्वकला आदि विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
नेपालमा पहिलो पटक सहभागिले शुल्क बिना नै सहभागिता जनाएको यो सौन्दर्य प्रतियोगिताका प्रतिस्पर्धिहरु विगत तीन सातादेखि क्याटवाक, व्यक्तित्व विकाससहितका विधामा प्रशिक्षण लिइरहेका छन् । कला सुव्वाले कोरियोग्राफ्री गरिरहेको यो प्रतियोगिताको प्रशिक्षणको क्रममा निर्देशक दिनेश डिसी, सुमन दाहाल, गायक राजेश पायल राई, बलिउड चलचित्र निर्देशक सन्तराम, फोटोग्राफर शिवलाल श्रेष्ठ, कलाकार तथा क्याप्टेन विजय लामा आदिले व्यक्तित्व विकास, सञ्चार क्षमता, मोटिभेसन आदि विषयमा प्रशिक्षण दिएको आयोजक ट्रिक मिडीयाका सञ्चालक नहकुल खड्काले बताएका छन् । गायक सपन श्रेष्ठ तथा रेवतराज राई, संगीतकार सुमन राई, कलाकार बिपना बस्नेत, निर्देशक सुमन दाहाल तथा भिजे नवराज कडरिया ट्यालेन्ट शोको निर्णायकको रुपमा रहेका थिए ।
प्रतियोगिताको थिम सङ केहि दिनअघि विभिन्न गायक–गायिकाको स्वर रेकर्ड भैसकेको छ । कार्यक्रम व्यवस्थापक जनक खड्काका अनुसार सौन्दर्य प्रतियोगिताको विकास र यूवा प्रतिभाको सम्मान गर्न आयोजना गरेको यो नमुना सौन्दर्य प्रतियोगिताले समाजमा सकारात्मक सन्देश दिनेछ ।
प्रतियोगिताको निर्णायक प्रतिस्पर्धा हरितालिका तीजको दिन अर्थात आगामी बुधवार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुनेछ । प्रतियोगितामा निकिता बोहोरा, समिरा थापा, रोजिनी अमात्य, प्रविना शिवाकोटी, रुवि महर्जन, दिपीका केसी, निलीशा सिग्देल , सुस्मीता तामाङ, जुनु हमाल, निस्ता श्रेष्ठ, निशा खड्का, भुमिका राजवंशी, मेरिना शाही, ओलिभा महर्जन, गरिमा शर्मा, किरण अवस्थी, अञ्जना सुनुवार, कृतिका लामा, सब्रीना डंगोल, अदिती पोखरेल, आस्था श्रेष्ठ, रुषा कुवर, माया श्रेष्ठ, अर्पणा ढकाल, रिकिता केसी, उरिना श्रेष्ठ, श्रद्धा लामा, प्रेरणा खनाल, पुजा भेटवाल, स्मृती श्रेष्ठ तथा सिमा लामाले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया