कोरियामा पारिश्रमिकमा विभेद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ भाद्र २०७२, आईतवार ११:५८

दक्षिण कोरियाको उद्योगमा कार्यरत स्वदेशी र विदेशी मजदुरबीच पारिश्रमिकमा विभेद देखिएको छ । ‘ओईसीडी इम्प्लाईमेन्ट आउट लुक २०१५’ को प्रतिवेदनमा विदेशी कामदारलाई कोरियन कामदारभन्दा न्यून पारिश्रमिक दिइने गरेको उल्लेख छ । बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार कोरियन मजदुरले विदेशी कामदारभन्दा १ दशमलव ५५ गुना बढी पारिश्रमिक पाउने गरेका छन् । यो ओईसीडी मुलुकका सदस्य राष्ट्रहरूमै सबैभन्दा ठूलो अन्तर हो ।

कोरियामा कानुनी रूपमा स्वदेशी तथा विदेशी मजदुरबीच पारिश्रमिकको विभेद छैन । सन् २००४ मा रोजगार अनुमति प्रणाली (ईपीएस) लागू भएयता यो विभेद हटाइएको हो । कानुनी रूपमा विभेद नभए पनि रोजगारदाताले बढी पारिश्रमिक दिएपछि स्वदेशी र प्रवासी मजदुरको ज्यालामा ठूलो अन्तर देखिएको हो ।
कोरियापछि स्वदेशी मजदुरले धेरै पारिश्रमिक पाउने देश इटाली रहेको छ । उसले स्वदेशी मजदुरलाई विदेशी कामदारभन्दा १ दशमलव ३२ प्रतिशत बढी दिने गरेको छ । त्यस्तै स्पेनमा १ दशमलव ३१ गुना, अमेरिकामा १ दशमलव १६ गुना जर्मनीमा १ दशमलव १३ गुना बढी स्वदेशी मजदुरले पारिश्रमिक पाउने गरेका छन् ।
प्रतिवेदनमा जापान र पोल्यान्ड विदेशी कामदारलाई स्वदेशी कामदारभन्दा बढी पारिश्रमिक दिने देशको सूचीमा परेका छन् । तर, ती देशहरूमा विदेशी कामदारहरूको संख्या न्यून रहेकाले तथ्यांक समावेश नगरिएको जनाइएको छ । कोरियामा स्वदेशी र विदेशी मजदुरबीच ज्यालामा असमानता हुनको प्रमुख कारण कामको दक्षता र अदक्षताले निर्धारण गरेको श्रम विश्लेषकहरूको ठम्याइ छ ।
कोरियन श्रम तथा सामाजिक संस्थाका विश्लेषक किम यू सुन ज्याला असमान हुनमा कोरियाली श्रम बजारमा व्याप्त नश्लवादलाई मुख्य कारक रहेको दाबी गर्छन् । उनी द कोरिया टाइम्समा भन्छन् ‘कोरियमा शिक्षित अशिक्षित महिला र पुरुषबीच पनि पारिश्रमिकमा विभेद छ । त्यस्तै नियमित र आंशिक कामदारमा पनि ।’
आईओएम माइग्रेसनका अनुसन्धाता ली छङ वोन पनि रोजगार अनुमति प्रणालीले समान ज्यालाको प्रत्याभूति गरेको स्वीकार गर्छन् । उनी भन्छन्, ‘तर सत्य हो धेरै कम्पनीहरूमा ज्याला असमान छ । यसको कारण चाहिँ विदेशी कामदारभन्दा कोरियन मजदुर सीपमा दक्ष छन् ।’
कोरियामा ईपीएसमार्फत विदेशी कामदारले अदक्ष मजदुरको आवश्यकता पूरा गर्न थालेको १० वर्ष भए पनि सरकारले उनीहरूको अधिकारको प्रत्याभूति अझै नगरेको लीको गुनासो छ ।
उनी सरकारले नोकरी अवधि समाप्त भएका कामदार बस्ने सेल्टर सरकारले बेवास्ता गरेको बताउँछन् । एक अर्को प्रतिवेदनअनुसार यहाँ प्रवासी कामदारले २ हजार डलरभन्दा काम पारिश्रमिक पाउने गरेका छन् । कोरियाको राष्ट्रिय तथ्यांक कार्यालयले गत वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार ६० प्रतिशत प्रवासी कामदारले प्रतिमहिना औसत प्रतिमहिना १ हजार ६ सय ७८ डलर मात्र पाउने गरेका हुन् ।
श्रम कानुनमा साप्ताहिक ४० घण्टा मात्र काम गर्ने अवधि भए पनि प्रवासी कामदारले ५० घण्टा बढी काम गर्दछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१