डिआइजी जय वहादुर चन्दको सेतो टोपी सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ भाद्र २०७२, शनिबार ०९:०५

काठमाडौं, २६ भाद्र  । गीतकार जय वहादुर चन्दले ‘सेतो टोपी’नामक गीति एल्वम सार्वजनिक गरेका छन् । नेपाल प्रहरीका डिआइजी रहेका चन्दको यो पहिलो गीति एल्वम हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रस्तुत गरेको ‘सेतो टोपी’मा ९ वटा गीत समावेश गरिएको छ । शुभ मिडिया होम प्रा.लिले बजारमा ल्याएको यस एल्वममा वसन्त सापकोटाको एकल संगीत समावेश रहेका छन् । ९ गीति संग्रहित एल्वमको शिर्ष गीत राजेश पायल राई तथा अन्जु पन्तले गाएका छन् । एल्वममा वटुवा बोलको गीतमा राजेश पायल राईको स्वर समावेश छ भने मदिरामा गायक राईलाई गायिका इन्दिरा जोशीले साथ दिएकी छन् ।

एल्वममा लेन अनुशासन अन्जु पन्तको आवाजमा समाविष्ट हुँदा मिलन अमात्य र राजेशपायल राईले जेव्राक्रस गाएका छन् । विद्यार्थी र्याप गायक सरोज ओली र गायिका श्रेयषी चेमजोङ्गले गाएका छन् । सवारी धनी गायनमा गायिका इन्दिरा जोशीलाई कृष्ण काफ्लेले गायनमा सघाएका छन् । एल्वममा एउटा देडा गीत समावेश गरिएको छ । सो देउडा गायक रामचन्द्र काफ्ले र इन्दिरा जोशीले गाएका छन् ।

 

medianp.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २९, २०८१