यसरी सुरु भयोे अमिताभ बच्चनको रंगिन दुनियाँ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ भाद्र २०७२, शनिबार ०८:१७

Amitabhएजेन्सी  ।  भारतीय रंगीन दुनियाँका शेहेन्साह अमिताभ बच्चन सबै कलाकारका आइडल हुन् । १९४२ अक्टोबर ११ मा बाबु हरिवंश राई बच्चन र आमा तेजी बच्चनको कोखबाट भारतको अल्लाहबादमा जन्म लिएका अमिताभ फिल्मी क्षेत्रबाट बटुलेकोे चर्चा र सम्मानकै कारण आज करोडपति भएका छन् । उनी बलिउडका एंग्री योङ म्यान, बीग बी जस्ता नामबाट परिचित छन् । उनले आफ्नो जिवनमा २ सय २ वटा फिल्म खेलिसकेका छन् भने १६ वटा फिल्मको निर्माण समेत गरिसकेका छन् । उनका स्वदेशी तथा विदेशी शुभचिन्तकहरुकै कारण उनका फिल्महरु प्रायः सफल नै हुन्छन् । उनले ३ वटा राष्ट्रियस्तरका पुरस्कार हात पारिसकेका छन् । जया भादुरीसँग १९७३ जुन ३ मा विवाहबन्धनमा बाँधिएका अमिताभको अभिषेक र स्वेता दुई सन्तान छन् । १९६९ देखि नै फिल्मी क्षेत्रमा पाइला राखेका अमिताभको क्रेज आजसम्म पनि घटेको छैन बरु बढ्दो छ ।

फोब्र्सले २०१५ मा सार्वजनिक गरेको तथ्यांकअनुसार बलिउड उद्योगका सबैभन्दा धनी उनीसँग ४ सय मिलियन अमेरिकी डलर बराबरको सम्पति रहेको छ ।

अमिताभको व्यवसायीक यात्रा
अमिताभको जिवनको सबैभन्दा पहिलो पारिश्रमिक ५सय भारतीय रुपैँया थियो भने सबैभन्दा पहिलो अभिनयबाट उनले एक हजार पारिश्रमिक पाएका थिए । उनले बलिउडमा अभिनेता मात्र नभएर निर्देशक, निर्माता, टीभी होस्ट, प्लेब्याक सिंगरलगायत थुप्रै विधामा आफ्नो प्रतिभा देखाएका छन् । उनलाई एक भर्साटाइल एक्टरको रुपमा पनि चिनिन्छ । ABCL Corp नामक प्रोडक्सन हाउसमार्फत उनी फिल्महरु निर्माण गर्ने गर्दछन् । डाबर हनी, पार्कर पेन्स, क्याडबरी डेरीमिल्क, पेप्सीजस्ता प्रसिद्ध उत्पादनको विज्ञापनमार्फत पनि अमिताभले मनग्गे आम्दानी हात पारेका छन् । ठूलो पर्दामा गरेका अभिनयबाट मात्र नभएर चर्चित टीभी शो कौन बनेगा करोडपतिको होस्ट गरेका कारण पनि उनी आजका पिढिको मनमा स्थान जमाउन सफल रहेका छन् । यस शोको एक एपिसोड होस्ट गरेवापत उनी ३ करोड पाउँछन् ।

फिल्मी क्षेत्रमा मात्र नभएर राजनिती क्षेत्रमा पनि उनी स्थापित व्यक्तित्व हुन् । १९८४ देखि १९८७ सम्म उनी अल्लाहबादका एमपी समेत भएका थिए ।

सम्पति तथा लगानी

????????

जस्ट डायल नामक भारतीय टेलिफोन खोज सेवामा उनले ३.८३ करोड लगानी गरेका छन् । साथै उनी यस कम्पनिका ब्राण्ड एम्बासडरसमेत हुन् ।
जुहु लगायत भारतका विभिन्न स्थानमा उनका करोडौँ मूल्यका बंगलाहरु छन् । प्रतिक्षा नामाकरण गरिएको उनको एक बंगला धेरै चर्चित छ जसको मूल्य ७५ करोड हो । त्यस्तै, अर्को बंगला जाल्सा पनि चर्चित रहेको छ जुन १ सय ६० करोडको छ ।

Amitabh_Cars_3

अमिताभले सबैभन्दा सुरुमा किनेको कार सेकेण्ड ह्याण्ड फियाट थियो । धेरै महिना फिल्मी क्षेत्रमा संघर्ष गरेपश्चात उनले सो कार खरिद गरेका थिए । उनी इन्जिनियरिङ र राम्रा मेसिनहरुका फ्यान थिए । उनले संकलन गरेका कारहरुबाट उनको इन्जिनियरिङप्रतिको मोह सावित हुन्छ । उनीसँग अहिले सेतो रङको लम्बोर्गिनी मर्सिलागो, सिल्भर रङको बीएमडब्लु एक्स५, बेन्ट्ली कन्टिनेन्टल जीटी, सिल्भर पोर्से केम्यान एस, कालो रङको क्रुकी जिप लगायत अरु आधा दर्जन कारहरु छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१