मैनावारी भएर कति दिनपछी सम्भोग गर्दा गर्भ रहदैन ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ भाद्र २०७२, शनिबार ०७:२५

imagesगर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन ।
यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।

त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ ।

सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमाः

१। डिम्ब निष्कासन

२। यौनसम्पर्क

३। वीर्य स्खलन

४। डिम्ब निषेचन तथा

५। डिम्बरोपण

जस्ता कुरा हुनु आवश्यक छ । तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।

शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ ।बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।

३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ ।

सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।

यसै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुका अनुसारः

१। सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।

२। सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।

३। सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन

४। एस्पिरिनले गर्भाधारण रोक्छ ।

५। महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।

६। महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरे पनि गर्भ रहँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१