बोक्सी प्रथा विरुद्ध एकिकृत अभियान थाल्नुपर्नेमा जोड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ भाद्र २०७२, शनिबार ०६:३८

IMG_7835काठमाडौं, २६  भाद्र  ।

विगत केही वर्ष यता हाम्रो साक्षरता स्तर त बढेको छ तर अन्धविशवास र खिया लागेको कुरीति प्रथा हटाउने शिक्षा पद्धति हामीले अझै अवलम्बन गर्न सकेनौं। अन्धविश्वासकै कारण मान्छेको मन मनमा बोक्सी जन्मने गर्छ। सन्तान नजन्मेको निहूँमा हिम्सा सहनु पर्छ । हाम्रो सामाजिक मान्यता कति टिठलाग्दो छ। आफै बाँझोपन अथवा लोग्नेको बाँझोपनका कारण सन्तान नभएपछि त्यसको दोष अरुलाई थोपरेर एकछिन भए पनि सास फेर्ने चलन छ। विवाह भएन फलाना बोक्सीले गर्दा हो ,सन्तान भएन बोक्सीकै कारण भैसीले दूध दिएन बोक्सीकै कारण, गाईवस्तु मरे बोक्सीकै कारण, सबै सबै बिग्रिए जति बोक्सीकै कारण देख्ने हाम्रा आँखा धन्य छ। अब भन्दाभन्दा यतिका समयसम्म संविधान बनेन बोक्सीको कारण हो भन्न बेर छैन। गाउँघरतिर धेरै प्रकारका धामी झाँक्री छन्। ज्योतिष विद्या पढेका हेराउने पण्डाहरुले आफ्नो पेशा मज्जैले चलाएका छन्।IMG_7777

संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालको दोस्रो वार्षिकोत्सवको अबसरमा भएको कार्यक्रमको प्रमुख अतिथि डा योगी विकासानन्दले मेरिटेसन प्रणाली बाट हाम्रा रोगहरु हटाउन सकिने बताउदै योग गर्नाले अधिकाश रोगहरु आफै निको हुने र धामी झाक्री कहाँ गएर भाकल गर्ने बोक्सी लाग्यो बलि दिनु पर्यो भन्ने अन्धबिस्वास बाट टाढा रहनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि दिपक महतले  समाजमा  बोक्सी जन्माउनेहरु पनि यिनै धामी झाँक्री हुन् रे। त्यसैले हाम्रो समाजमा आफै धामी आफै बोक्सी भन्ने चलन चलेको हो। हामी झाँक्रीको भर पर्दा गाउँ सहरमा धेरै मानिसको अकालमै मृत्यु भएको छ। मृत्यु हुनेमा धेरै महिला नै छन्। यसरी हेर्दा कुरीति र अन्धविश्वासका कारण हिंसामा पर्नेहरु अधिकांश महिला नै छन्। यस्ता अभियानले सामाजिक चेतना त अभिवृद्धि गर्‍यो तर समाजमा रहेको कुरीति र अन्धविश्वास पखाल्न सकेको छैन। यस्ता अन्धबिस्वास हाम्रो समाजमा ब्याप्त रहेकोले बेलामै सचेत हुनु जरुरि छ भन्दै पर्यटन भित्र्याउने कलाको रुपमा झाकी नाच नाचहरु उपयोगी हुने बताए ।IMG_7835

पत्रकार मुकुन्द ढुंगानाले कार्यक्रममा बोल्दै हाम्रो समाजमा चामल पैसा धामीलाई व्यथा हामीलाई भन्ने उखान यसै चलेको होइन रहेछ । ज्योतिषले चामल र पैसामा ग्रह फल हेरेर भविष्य बताइदिन्छन् भनेर धेरै शिक्षित अशिक्षित जमात मैले देखेको छु। आफूलाई शिक्षित भनाउँदाहरु सरुवा बढुवाको निम्ति ज्योतिष तथा धामी झाँक्रीकहाँ धाएको यी आँखाले देख्नुपरेको छ।IMG_7777

राजा ज्ञानेन्द्रदेखि भौतिकवादमा विश्वास गर्ने ठूला नेताहरुले धामी झाँक्रीको शरण परेर पाउ परेको दृष्य नेपाली समाजमा नौलो छैन।  ज्योतिष तथा धामी झाँक्रीले भूत, वर्तमान र भविष्य जान्ने भए दरबार हत्याकाण्ड कसले कसरी गर्‍यो अहिलेसम्म थाहा भइसक्थ्यो होला। तै पनि हामी यस्तैको पछाडि दौडिरहेछौं। गाउँ घरमा मात्र होइन, सहर बजारमा पनि धामी झाँक्रीको अनिकाल छैन। उनले भने  हाम्रो समाजमा सामाजिक कुरीति र अन्धविश्वासले समाजमा यति जरा गाडेको छ कि यसलाई उखेल्न त्यति सजिलो छैन। घर घरमा सामाजिक चेतना अभिवृद्धि नभएसम्म  अन्त्य हुन सक्दैन।  तसर्थ बोक्सीको आरोप सम्बन्धमा प्रत्येक गाउँ विकास समितिमा तत्कालै सचेतनामूलक कार्यक्रम हुनपर्छ भन्दै अब सरकारले बेलामै ध्यान दिनुपर्ने बताउनुभयो ।DSC07416

कार्यक्रममा समाजसेबी साकिला पाठकले महिला अभियानकर्ताहरुले बोक्सी तथा अन्धविश्वासविरुद्ध गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गरे कति जाति हुन्थ्यो भन्दै यस्ता अन्धबिस्वास बाट टाढा रहनुपर्ने बताएकि थिइन्  ।

प्रतिक्रिया