नन्द–हरी पत्रकारिता पुरस्कार गौतम, घायल र शर्मालाई ।

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ भाद्र २०७२, शुक्रबार १५:११

नारायण रिजाल, बागलुङ २५  भाद्र ।  नेपाल पत्रकार महासंघ बागलङ शाखाले पर्वत र बागलुङका तीन जना पत्रकारलाई ‘नन्द–हरी’ सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरेकोे छ । शाखाका पुर्व अध्यक्ष हरिनारायण गौतम र उनको परिवारले स्थापन गरेको पुरस्कारबाट बागलुङका पत्रकार ज्ञानेन्द्र गौतम, ओम प्रसाद घायल, र पर्वतका दुर्गा प्रसाद शर्मालाई प्रदान गरीएको हो । जनही १५ हजार १ सय ५० राशि सहितको पुरस्कार शुक्रबार सदरमुकाममा आयोजित समारोहमा पुनरावेदन अदालत बागलुङका मुख्य न्यायाधीश केदारप्रसाद चालिसेले पुरस्कार प्रदान गरेका हुन । पुरस्कार कोषबाट वर्षेनी एक जना पत्रकारलाई पुरस्कृत गर्ने गरिएको छ । DSC06302
गत तीन वर्षदेखि विविध कारणले वितरण रोकिएकोले यो वर्ष २०६९, २०७० र २०७१ सालको पुरस्कार एकसाथ प्रदान गरिएको नेपाल पत्रकार महांसघ बागलुङका अध्यक्षा मुकेशचन्द्र राजभण्डारीले बताए पुरस्कार २०६९ सालको दुर्गा प्रसाद शर्मा, २०७० सालको ओमप्रसाद घायल र २०७१ सालको ज्ञानेन्द्र गौतमलाई प्रदान गरिएको हो । तीनै जना पत्रकार धौलागिरीको क्षेत्रमा विगत दुई दशकदेखि पत्रकारिता पेशामा कृयाशिल रहेका छन । शर्मा नेपाल पत्रकार महासंघ पर्वत शाखाको अध्यक्ष , प्रेस चौतारीको केन्द्रिय सदस्यका साथै विभिन्न सञ्चारमाध्यममा कार्यरत रहेका छन । त्यसैगरी घायल रेडियो शालिग्राम पर्वतका स्टेशन म्यानेजर र अन्य संचार माध्यममा क्रियाशिल रहेका छन र गौतम बागलुङ एफ.एम्. बागलुङका स्टेशन म्यानेजर र नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य समेत रहेका छन । DSC06308
पुरस्कार वितरणमा बोल्दै मुख्य न्यायाधीश चालिसेले न्यायलय र पत्रिकारिता क्षेत्र जहिले पनि समाजप्रति उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रत्येक वर्ष एक जना कृयाशिल पत्रकारलाई सिर्जनशिल पुरस्कार पुरस्कृत गर्दै जाने र आगामि दिनमा कोषको रकम वृद्धि गरि पुरस्कार वितरणको क्षेत्रलाई पनि विस्तार गर्ने कोषका संस्थापक हरिनारायण गौतमले बताए । गौतमका बुबा हरिलाल गौतम र आमा नन्दकली गौतमको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो . पुरस्कार कोषमा हाल दुईलाख रुपैया राखिएको छ । यसअघि बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी र म्याग्दीका घनश्याम खड्का पुरस्कृत गरेको थियो । DSC06307

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१