एनआरएन विश्व सम्मेलन आयोजना गर्न १९ सदस्यीय उच्चस्तरीय समिति गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ भाद्र २०७२, शुक्रबार १०:२५

NRNA-conferenceकाठमाडौ  । गैरआवासीय नेपाली संघ९एनआरएन०को सातौं गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि नेपाल सरकारले पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको अध्यक्षतामा १९ सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ । सो समितिमा नेपाल सरकार, गैरआवासीय नेपाली संघ र नीजि क्षेत्रका प्रतिनिधिको प्रतिनिधित्व रहेको छ ।

सम्मेलनको आयोजकमध्ये एक नेपाल सरकार पनि रहने प्रचलनअनुसार यो पटक पनि सरकारले परराष्ट्र मन्त्रीको अध्यक्षतामा समिति गठन गरेको हो । बुधबार बसेको समितिको पहिलो बैठकले सम्मेलन आयोजनाका सन्दर्भमा विभिन्न निर्णयहरू गरेको छ ।

बैठकले उच्चस्तरीय समितिको मातहतमा नेपाल सरकार र निजी क्षेत्रका प्रतिनिधि सदस्य रहने गरी विभिन्न उपसमितिहरु गठन गर्ने र त्यसको जिम्मेवारी समितिका सदस्य सचिवलाई दिने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेसमेतको सहभागितामा बसेको बैठकमा पराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, श्रम मन्त्रालयका सचिवहरू, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उर्जा मन्त्रालय, कानुन मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिहरु, व्यापार तथा निकासीय प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैठकमा आफ्ना धारणा राख्दै परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागीले घोषणापत्र निर्माणका विगतका अनुभवबाट सिक्दै त्यसको कार्यान्वयन पक्षलाई मूल्याङ्कन गरी कार्यन्वयन गर्न सकिने बुँदामात्र समावेश गरी घोषणापत्र तयार पार्नुपर्ने सुझाव दिए ।

घोषणापत्र कार्यन्वयन भएरनभएको अनुगमन गर्न एक समिति बनाउने र त्यसमा नेपाल सरकार र निजीक्षेत्रका प्रतिनिधिसमेत सहभागी गराउनुपर्ने उनले प्रस्ताव गरेका थिए ।

सो अवसरमा संघका अध्यक्ष घलेले सम्मेलन आयोजनाका सन्र्दभमा हालसम्म भएका प्रगति विवरणबारे जानकारी दिँदै यसपटकको सम्मेलनको मुल नारा ‘एनआरएन– राष्ट्र पुनस्निर्माणको सच्चा साझेदार’ तय गरिएको जानकारी गराए । सम्मेलनका विभिन्न बिषयमा बिषयगत प्रस्तुती दिँदै उनले भूकम्प पीडितका लागि एक हजार घर निर्माण गर्ने र त्यस अभियानमा एनआरएन स्वयंसेवकलाई परिचालन गर्ने तयारी रहेको जानकारी दिए ।

सम्मेलन सफलताका लागि नेपाल सरकार र निजी क्षेत्रका प्रतिनिधिसहित सबै सरोकारवालाको उत्तिकै सक्रिय सहभागिताको अपेक्षा गरिएको भन्दै उनले यसपटकको विश्वसम्मेलन पुनःनिर्माणको प्रकृयामा रहेको मातृभूमीप्रति गैरआवासीय नेपालीको ऐक्यवद्धताका रूपमा पेश गरिने जानकारी दिए ।

सो अवसरमा उच्चस्तरीय समितिका अध्यक्ष एवं परराष्ट्रमन्त्री पाण्डेले एनआरएनले राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको प्रसंसा गर्दै यसपटकको सम्मेलन त्यस दिशमा झनै अर्थपूर्ण हुने बताए । सम्मेलनको सफलताका लागि सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उनले उपसमिति निर्माणसहित तयारीमा जुट्न सबै सरोकारवालालाई अनुरोध गरेका छन् ।

साभार – onsnews.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१