‘क्रिकेटका लागि बोल्दा राजनीतिक गरेको नभन्नु’ – पारस खड्का

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ भाद्र २०७२, शुक्रबार १०:११

Paras1काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटको विकासका लागि बोल्दा राजनीति गरेको नभन्न आग्रह गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च चितवनले बिहीबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कप्तान खड्काले क्रिकेटका लागि बोल्दा राजनीति गर्‍यो भन्दा आफूलाई केही फरक नपर्ने बताए ।

‘मेरो काम क्रिकेट खेल्नु हो, त्यसैले यसको विकास चाहन्छु,’ उनले भने ‘क्रिकेट विकासका लागि बोल्दा राजनीति गरिस् भन्नुहुन्छ भने म सधैं राजनीति गरिरहन्छु । तर यो राजनीति होइन, राष्ट्रिय हितका लागि बोलेको हुँ ।’ घरेलु संरचनाको विकास नगरेसम्म नेपाली क्रिकेटको स्तर माथि उठ्न नसक्ने उनले बताए ।

अहिलेको संरचनाले क्रिकेट खेल अगाडि नबढ्ने ठोकुवा समेत उनले गरे । अहिलेको स्थितिले ४र५ वर्ष अझ धान्न सकिन्छ । १० वर्षपछि के गर्ने भन्ने कसैले नसोचेको उनले बताए ।बैलेमा ध्यान दिएनौं भने भोलि गएर एकादेशमा नेपालले क्रिकेट खेल्थ्यो रे भन्ने कथा सुन्नु पर्ने स्थिति आउने उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१