एप्पलको नयाँ कार्यालय भिडियो हेर्नुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ भाद्र २०७२, शुक्रबार १०:०३

काठमाडौँ ।  दुनियाँकै नम्बर वान स्मार्टफोन कम्पनीको एप्पलको नाम नसुन्ने कमै होलान् । अमेरीकामा रहेको यो कम्पनीले आफ्नो ब्राण्ड बेचेरे विश्व विख्यात बनीसकेको छ । पछिल्लो यसका आईफोन सिक्स एस र सिक्स एस प्लसको चर्चाले कम्पनीलाई फेरी एक पटक विश्वभर चर्चामा ल्याएको छ ।

पछिल्लो समय नयाँ नयाँ प्रविधि विकास गर्दै आइरहेको एप्पल यो कम्पनीका उत्पादन जति आर्कषक छन्, नयाँ कार्यालय पनि उत्तिकै आर्कषक छ । स्पेसशिप आकारको डिजाइन दिएको नयाँ कार्यालयको निमार्ण अझै पुरा भएको छैन् । हेर्दा पृथ्वी  हो की अन्य कुनै ग्रह जस्तो देखिन्छ ।

एप्पलको निर्माणाधिन कार्यालयको एउटा मात्रै भवनमा १३ हजार कर्मचारीले काम गर्नेछन् भने यो २८ लाख वर्ग फिटमा फैलिएको छ । जसको ३ लाख वर्ग फिटमा रिसर्च सुविधा रहेको छ । जुन संसारकै आकर्षक कार्यालय मध्ये एक बन्ने पनि पक्का भएको डेलीमेलले लेखेको छ ।

 
https://youtu.be/eB6_XkUFpAc

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१