जापानले बनायो मुटु र इमोसन भएको रोबोट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७१, शुक्रबार १५:०८

जापानमा यस्तो रोबोट बनेको छ जसले मान्छेको इमोसन -संवेदना) थाहा पाउन सक्छ । जापानी कम्पनी सफ्टब्यांकले पिपर नामको उक्त अत्याधुनिक रोबोट निर्माण गरेको हो ।

विश्वकै पहिलो मानिएको यो रोबोटमा इमोसनल इन्जिन तथा डाटा सुरक्षणका लागि क्लाउड बेस्ड खुफिया प्रणाली छ जसले मानिसको सरीरको हाउभाउ, प्रतिक्रिया तथा आवाजको प्रकारलाई विश्लेषण गर्ने क्षमता राख्दछ ।

Robot

कम्पनीका अनुसार जो सुकै मानिसले यो रोबोटसँग सम्पर्क गर्न सक्छन्, आफ्नै साथिभाइ र परिवारका सदस्यसँग जस्तै र यसले अह्राएका विभिन्न काम पनि फत्ते गर्नेछ ।

यो रोबोटको विक्रि अर्को वर्षदेखि सुरु हुने र यसको मूल्य १९ सय ३० डलर हुने बताइउको छ ।

‘संवेदनहीन मानिसप्रति टिप्पणी गर्दा कस्तो रोबोट जस्तो Û भन्ने चलन छ’ कम्पनीका मुख्य कार्यकारी मसायोशीले पत्रकार सम्मेलनमा भने ‘रोबोटमा मुटु र संवेदना नहुने भएकाले यस्तो भनिएको हो । तर हामीले पहिलोपटक मुटु र संवेदना भएको रोबोट बनाएका छौँ ।’

जापान विश्वको सबैभन्दा ठूलो रोबोट बजार हो । सन् २०१२ मा जापानमा झण्डै साढे ८ अर्ब डलर बराबरको रोबोट निर्माण गरिएको थियो ।

जापानमा जन्मदरमा भइरहेको गिरावट र बुढाबुढीको संख्यामा भएको वृद्धिले संवेदनायुक्त रोबोटको मागमा निकै वृद्धि हुने अपेक्षा गरिएको छ । खासगरी बुढापाकाको सेवा सुश्रुषामा यो रोबोटको प्रयोग हुने विश्वास गरिएको छ ।

स्मरण रहोस् जापानी कार निर्माता कम्पनी होण्डाले पनि एक घरायासी रोबोट निर्माण गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हालैको जापान भ्रमणमा होण्डाको रोबोटसँग फुटबल खेलेको समाचारले निकै चर्चा पाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१