काठमाडौं । माग पूरा गर्न दिएको तीन दिनको समय सीमाभित्र सरकारले रेस्पोन्स नगरेको भन्दै डा। गोविन्द केसीले शुक्रबारबाट फेरि अनशन थाल्ने भएका छन् ।
गत आइतबार १४ दिन लामो अनशन तोडेका केसीले सोमबारको मन्त्रिपरिषद् बैठकबाट सम्झौताका केही बुँदा कार्यान्वयन गर्नुपर्नेमा सरकारले बेवास्ता गरेको भन्दै फेरि अनसशन बस्ने घोषणा गरेका छन् ।
उनले मेडिकल कलेजका सिट, शुल्क र मेरिटमा भर्ना तथा चिकित्सा शिक्षा आयोग गठन गर्ने सम्झौता बिहीबारसम्म कार्यान्वयन गर्न सरकारलाई मंगलबार नै अल्टिमेटम दिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया