विश्वकपको संघारमा ब्राजिलमा हडताल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७१, शुक्रबार १४:४७

विश्वकप फुटवल नजिकिँदै जादाँ साओपाउलोका सब वे कामदारले हड्ताल सुरु गरेका छन्। विश्वकप विरोधी प्रर्दशनका कारण आलोचना खेप्दै आएको ब्राजिलका लागि कामदारको यो हडताल ठूलो टाउको दुखाइको विषय बनेको छ। worldcupसाओपाउलो मेट्रो भनेको फुटबलको राजधानी मानिने साओपाउलोमा आवतजावत गर्ने मुख्य सवारी साधन हो। कामदारले खुला रुपमा हडताल घोषणा गरेपछि यसको प्रत्यक्ष असर विश्पकपमा पर्ने भएको छ।साओपाउलोमै विश्वकपको उद्घाटन खेल पनि हुँदैछ। त्यसैले आयोजकका लागि यो हडताल ठूलै समस्या बनेको छ। सब वेका कामदार तलव र सुविधाका विषयमा गरिएको वार्ता असफल भएपछि हडतालमा उत्रिएका हुन् । यसैमध्ये पनि १२ मध्ये पनि पाँछ रंगशालाको काम ब्राजिलले अझै पुर्णरुपमा टुंग्याउन सकेको छैन । विश्वकपका लागि भएको अर्बौ डलर खर्चको विरोधमा ब्राजिलका जनाताहरुले एक वर्षदेखि आन्दोलन र हड्ताल गर्दै आइरहेका छन् ।आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१