पढ्नुस् ७ वर्षे बालिकाको अन्तिम इच्छा तपाईको आँसु नरोकिन सक्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ भाद्र २०७२, बिहीबार १५:४६

एजेन्सी, ७ वर्षको उमेरमा तपाई हाम्रा छोरा छोरीको स्वभाव कस्तो हुन्छ रु के भन्छन् त्यो कलिलो उमेरमा हाम्रा छोराछोरीले रु कस्तो इच्छा सल्बलाउँछ होला उनीहरुको मष्तिष्कमा रु खानु, खेल्नु र रमाउँनु भन्दा पर कहाँ जान सकेका हुन्छन र उनीहरु । तर, ७ वर्षिया बालिका भाव्या वाडेकरको अन्तिम इच्छा जसले तपाई हामीलाई स्तब्ध बनाउँछ । खेल्ने उमेरी यि बालिकाले आफू मर्दै छु भन्ने जानेर आफ्नो अन्तिम इच्छा उनका पितालाई बताएकी हुन्छिन् । तर, उनका पिताले आफ्नी छोरीको अन्तिम समय यतिनै हो भनेर विश्वास गर्नै सक्दैनन् । विश्वास गर्नु पनि कसरी रु तर, उनका पिताले विश्वास गर्न नसक्दा पनि भाव्याको प्राण जोगिन सकेन ।
bhanin
बालिका भाव्या वाडेकर

बालिका भाव्या वाडेकर

भाव्यालाई ७ वर्षे कलिलो उमेरमा टाइफाइडले लग्यो । उनले मर्नु अघि उनका पितालाई अरुको अध्यारो जिन्दगी उज्यालो बनाइदिने इच्छा रहेको बताएकी थिइन । आफू मरेपछि आफ्ना आँखा जसरी पनि दान गरिदिन उनले पितालाई आग्रह गरेकी थिइन । उनाका पिताले आफ्नी छोरीले अन्तिम इच्छा व्यक्त गर्दा छोरीलाई अंगालो मारेर रोएका थिए ।

खबर अनुसार कृष्णबाग कलोनी निवासी सांईनाथ वाडेकरकी छोरी भाव्यालाई टाइफाइड रोग लाग्यो । भाव्याको उपचार थुप्रै अस्पतालमा गरियो उनलाई निको भएन । अन्ततः टाइफाइडका कारण शुक्रबार भाव्याको मृत्यु भयो । उपचारका लागि उनलाई भवन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि दुई दिन पहिला बुधबार उनलाई अस्पतालले छुट्टी दिएको थियो । एक दिन बेलुका अचानक भाव्याको स्वास्थ्य अवस्था विग्रियो । त्यसपछि दोस्रो पटक जब भाव्यालाई उपचारका लागि अस्पताल लगियो ।
भाव्या वाडेकरका बाबु आमा
भाव्या वाडेकरका बाबु आमा

उपचारका लागि अस्पताल जाँदै गर्दा बाटोमा उनले आफ्ना बुवालाई भनेकी थिईन, ‘बाबा यदि म यो संसारमा रहिन भने मेरा आँखा दान गरिदिनु ।’ उनले आफ्ना बाबुलाई आफ्नो यो सपना अनिवार्य पूरा गर्न आग्रह गरिन् । बावु वाडेकरले छोरीको कुरा सुनेर आँसु थाम्न सकेनन् । र छोरीलाई अंगालो हाल्दै त्यस्तो कुरा नगर भन्दै सम्झाए ।
Mami-Papa
वाडेकरका अनुसार भाव्यालाई जब अस्पतालमा लगेर उपचार थालियो तब डाक्टरले धेरै कोशिश गरे तर, उनलाई बचाउन सकिएन् । वाडेकरलाई छोरीको मृत्यु खबर डाक्टरले सुनाएपछि उनले तुरुन्त उनको आँखा कुनै अन्धो मान्छेलाई दान गर्ने फैसला गरे । भाव्याको आँखा अब दुई जना अन्धा मानिसलाई दिने तयारी अस्पतालले गरेको छ । सोमबार भाव्याका आँखा दुई जनालाई दान गर्न अप्रेशन गरिँदैछ । मरेर पनि अब भाव्याले आफ्ना आँखाबाट संसार देख्न पाउनेछिन् । साभार – मिडिया एन पी

प्रतिक्रिया