मन्त्रीलाई दिइएको पानीको बोटलमा सर्प भेटिएपछि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ भाद्र २०७२, बिहीबार १५:४०

भारत । भनिन्छ भिआइपीका लागी वितरण गरिने हरेक कुरा स्तरय हुन्छन् । तर यो मामीलामा भारतमा त्यसको विपरितका कार्यहरु भएका खबर बेलबेलामा आउने गर्छन् । बुधबार पनि भारतको छत्तिस गढमा त्यस्तै भयो ।

भारतीय जनता पार्टीको कार्यालयमा आयोजीत एक कार्यक्रममा छत्तीसगढका मूख्यमन्त्री रमन सिंह र केन्द्रीय स्वास्थ्यमन्त्री जेपी लड्डा सहभागी थिए । उनीहरुलाई बाँडिएको पानीको बोटलमा सर्पको बच्चा फेला परेपछि कार्यक्रम हलमा नै हंगामा मच्चिएको थियो ।

शिलबन्दी गरिएको पानीको बोटलमा सर्पको बच्चा भेटिएपछि सबै आश्चर्यमा परेका थिए । यो विषयले हिजो दिनभर जसो नै भारतीय मिडियामा ठुलो रुप लियो र अन्तत छानविन गर्न खाद्य सुरक्षा विभागले निर्देशन दिएको छ भास्कर दैनिकले लेखेको छ ।

भास्करका अनुसार सो कार्यक्रममा ठूलो संख्यामा पार्टीका विधायक र मन्त्री समेत सहभागी थिए । मूख्यमन्त्रीको मेडिकल स्टाफ डा। पुनम पाण्डेलाई दिइएको बोटलको पानीमा सर्पको बच्चा देखिएपछि पाण्डे धेरै ट्वाल्ल परेकी थिइन् । घटना घटे लगत्तै कार्यक्रममा वितरीत सबै पानीका बोटल फिर्ता लिइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१