नेता नेपाल हिन्दूराष्ट्रको पक्षमा गम्भीर देखिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ भाद्र २०७२, बिहीबार १३:१३

काठमाडौं  २४ भाद्र । नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने लगायतका सातसूत्रीय माग गर्दै हिन्दू युवाहरूले आमरण अनसन बसेको बिहीवार एघार दिन भएको छ । अहिलेसम्म सरकारका तर्फबाट हिजो बुधवार सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालबाहेक अरु कोही पुगेका छैनन् । माधव नेपालसँगको भेट 1
अनसन र धार्मिक मुद्धाका विषयमा धार्मिक संघसंस्थाहरूका प्रतिनिधिले प्रधानमन्त्रीदेखि लिएर दलहरूका नेतालाई भेटेर ज्ञापन पत्र बुझाउने गरेका छन् । यसै क्रममा बिहीवार बिहान पूर्वप्रधानमन्त्री एवम् ने.क.पा. एमालेका बरिष्ट नेता तथा २०४७ सालको संविधानका एक मस्यौदाकार माधवकुमार नेपाललाई उहाँको निवासमा भेटेर ज्ञापनपत्र बुझाइएको छ । माधव नेपालसँगको भेट 2
ज्ञापन पत्र बुझाउन अनसनकारी युवा खेमनाथ आचार्यकी धर्मपत्नी कल्पना आचार्य, सागर कटुवालकी धर्मपत्नी आरती कटुवाल, प्रेमनिधि भारद्वाकी धर्मपत्नी शीतल कण्डेलका साथमा बालसन्त मोहनशरण देवाचार्य, स्वामी पद्मधराचार्य, स्वामी जगन्नाथ आचार्य, राष्ट्रिय धर्म जागरण अभियानका संयोजक सन्त नेता शङ्करप्रसाद पाण्डे, सहसंयोजक देवी घिमिरे, सत्मार्ग अभियानका बौद्धिक प्रमुख जनार्दन घिमिरे, अभियानका के.सदस्य ध्रुवप्रसाद अर्याल, श्रीराम क्षेत्री, हिन्दू विद्यापीठका प्राचार्य डा. चिन्तामणि योगी, धर्मदर्शनका युवा प्रवक्ता चैतन्यकृष्ण, विश्व हिन्दू परिषद्का का.अध्यक्ष सुशिलचन्द्र अधिकारी, ब्राह्मण समाजका का.अध्यक्ष रुवयनाथ कोइराला, संयुक्त सनातन मोर्चाका संगठन प्रमुख दीपक सुवेदीलगायतका व्यक्तित्त्वहरू जानु भएको थियो ।
अनसनकारीका धर्मपत्नीहरूको अभिव्यक्ति सुनेपछि बैठक कक्ष केही क्षण स्तब्ध भएको थियो । सो भेट्मा भएका संवादमा नेता नेपाल हिन्दूत्त्व र हिन्दूराष्ट्रको विषयमा गम्भीर देखिनु भएको थियो । नेता नेपालले हिन्दूराष्ट्रको लागि उठेको आन्दोलन ढिलो भएको र सम्बन्धित पक्षले सुन्ने गरी नभएकोसमेत प्रतिकृया दिनु भएको थियो ।
देवी घिमिरेले एउटा घटनको स्मरण गराउँदै जसरी कम्युनिष्टहरूले बुढाबुढीलाई मार्छ भनेर हल्ला गर्थे त्यसको जवाफमा मनमोहन अधिकारीको सरकारको पालोमा एमालेले वृद्धभक्ता लागू गरेर अहिलेपनि देशका बुबा आमाको आर्शिवाद एमालेले लिइरहेको छ त्यसै गरी कम्युनिष्टहरूले धर्म मान्दैनन् भनेर जुन हल्ला भइरहेको छ त्यसको जवाफमा हिन्दूराष्ट्रको पक्षमा एमाले उभिएर धर्मक्षेत्रको पनि आर्शिवाद लिन अनुरोध गर्नु भएको थियो ।
भेट्मा चैतन्यकृष्ण, चिन्तामणि योगी, रुवयनाथ कोइरालाले विश्वमा धर्मसापेक्ष राष्ट्र, धर्म निरपेक्ष राष्ट्र, ईशाइ राष्ट्र आदिको विवरणको बारेमा चर्चा गर्दै धर्मनिरपेक्षताको जन्म र कारण कुन कुन देशमा किन भयो, धर्मनिरपेक्षता नेपालको लागि किन जरुरी छैन भन्ने जस्ता विषयमा प्रकाश पार्नु भएको थियो भने सन्तनेता पाण्डेले राजनीतिक र राज्यको पृष्टभूमिमा नेपालको हकमा धार्मिकक्षेत्रले दिनसक्ने योगदानको बारेमा चर्चा गर्दै धर्मको बारेमा राजनीतिक क्षेत्रले सुल्झाउन नसकेको मुद्धा धर्मक्षेत्रबाट सुल्झाउन सकिने भएकोले सोको लागि राज्य र राजनीतिक क्षेत्रको आयोजनामा धार्मिक सभाको गर्न अनुरोध गर्नु भएको थियो ।
दीपक सुवेदीले अहिलेसम्म अध्ययनको समय पनि थियो, धर्म निरपेक्षता किन गर्न खोजिदै छ भन्ने छर्लङ्गिएको छ । कुनै पनि हालतमा धर्मनिरपेक्षता हिन्दू युवासहित समग्र ॐकार परिवारले मान्ने छैन । जवर्जस्ति धर्मनिरपेक्षता लादियो भने त्यसको परिणाम राम्रो हुने छैन । धर्मनिरपेक्षताकै कारणले राजनीतिक परिवर्तनका उपलब्धि गुम्न पनि सक्नेछ । हिन्दूराष्ट्रको लागि क्रमशः धर्मक्षेत्र कुनैपनि प्रकारको विद्रोह गर्न तयार छ तसर्थ राजनीतिक दलहरूले देशमा दुर्दशा ननिम्त्याउन् भन्ने चेतावनी दिनुभएको थियो । भेट्को अन्तिममा नेता नेपालले आफू अनसन क्षेत्रमा आजै आउने आश्वासन पनि दिनु भएको थियो ।

प्रतिक्रिया