पाल्पामा दुई सय ४० एचआइभी एड्सबाट सङ्क्रमित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ भाद्र २०७२, बिहीबार ११:००

Hivपाल्पा । एचआइभी एड्सबाट सङ्क्रमित हुनेको सङ्ख्या पाल्पामा दुई सय ४० पुगेको छ । जिल्लामा आव २०७०/७१ मा ८६ एचआइभी/एड्सबाट प्रभावित बनेको थियो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीका अनुसार एचआइभी÷एड्सबाट सङ्क्रमित आमाबाबुबाट जन्मेका शिशु एचआइभी सङ्क्रमित हुने डरसमेत बढ्दो छ ।

यसको रोकथाम तथा नियन्त्रण गर्न सरकारी, गैरसरकारी संस्था, निजी एवम् अन्य क्षेत्रबाट केन्द्रदेखि जिल्ला तहसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनुपर्ने समितिका सदस्यसचिवसमेत रहेका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र घिमिरेको भनाइ छ ।

एचआइभी/एड्स तथा यौन रोगको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न चिकित्सा सेवाको अतिरिक्त सूचना, शिक्षा र आमसञ्चारमाध्यमलाई अझ बढी प्रभावकारी बनाउने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१