एजेन्सी । गएराती भएको फ्रेन्च ओपन टेनिसको वुमन्स सिंगल्स अन्तर्गतको खेलको सेमिफाइनलमा रुसी खेलाडी मारिया सारापोभाले जित हँसिल गर्दै खेलको फाइनलमा पुगेकी छन् ।पहिलो सेटमा ४ – ६ ले हार ब्यहोरेकी सारापोभाले दोस्रो सेट ७ – ५ र तेस्रो सेट ६ – २ ले जित्दै फाइनलको यात्रा तय गरेकी हुन् । २७ बर्षिया सारापोभाले क्यानडाकी इग्युनी बुचार्डलाई कठिन सेटमा पराजित गरेकी हुन् । फाईनलमा उनले रोमानीयाकी सिमोना हालेपसँग प्रतिस्पर्धा गर्नेछिन् । जर्मनीकी आन्द्रे पेत्कोभिकलाई हराउँदै सिमोना फाइनल पुगेकी थिइन् । सारापोभाको यो लगातार तेस्रो फाइनल यात्रा हो । उनले २०१२ मा फाइनल जितेकी थिइन् भने २०१३ मा अमेरिकाकी सेरेना विलियम्स संग पराजित भएकी थिइन् । फाइनल खेल शनिबार हुनेछ ।
प्रतिक्रिया