महः अनुहारलाई पहिले धुनुहोस्, फेरि केहि थोपा महलाई अनुहारमा लगाउनुहोस् । यसलाई केहि मिनेटसम्म यत्तिकै छोडिदिनुहोस् र फेरि अनुहारलाई धुनुहोस् । महले अनुहारलाई कोमल बनाइराख्छ र छालालाई सफा राख्न मद्दत गर्दछ ।
जैतून तेलः हरेक रात सुत्नुभन्दा पहिले अनुहारमा केहि थोपा जैतुनको तेलले मालिस गर्दा यसले अनुहारको नरमपनलाई कायम राख्न मद्दत गर्दछ । यदि तपाईं चाहनुहुन्छ भने नुहाउने पानीमा पनि केहि थोपा जैतुनको तेल हाल्न सक्नुहुन्छ । यसले छालामा जमेको कालो छालालाई निकाल्न मद्दत गर्दछ ।
भिटामिन सीः
अनुहारमा चमक बढाउनका लागि भिटामिन सी निकै प्रभावशाली हुने गर्दछ । यसका लागि तपाईंले दैनिक कागती पानी पिउनसक्नुहुन्छ अथवा अनुहारमा थोरै कागतीको रस लगाउन सक्नुहुन्छ । यो भित्र– बाहिर दुबै रुपमा राम्रो हुने गर्दछ । तपाईं यसलाई कुनै पनि एन्टी एजिङ मास्कमा हालेर प्रयोग गर्न सक्नुहुन्छ ।
ओखरः यदि तपाईंलाई आफ्नो छालाको टेक्सचर ठिक गर्नु छ भने ओखरको प्रयोग गर्न सक्नुहुन्छ । ओखरलाई कुटेर त्यसमा दही र केहि थोपा बदामको तेल हाल्नुहोस् र लगाउनुहोस् । यसले अनुहार सहि हुने गर्दछ ।
अण्डाः
यदि तपाईंलाई आइल फ्रि लुक चाहिएको छ भने अनुहारमा अण्डा लगाउनुहोस् । त्यसपछि अनुहारलाई मनतातो पानीले धुनुहोस् । यसले तपाईंको अनुहारमा भएको ठूलो पोर्स पनि बन्द हुने गर्दछ ।
प्रतिक्रिया